प्रेम रावतको ‘स्वयम्को आवाज’ नामक पुस्तक लखनउमा लोकार्पण

प्रेम रावतको ‘स्वयम्को आवाज’ नामक पुस्तक लखनउमा लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १७, २०७९

भय, क्रोध र चिन्ताबाट मुक्त जीवन 
अनि शान्ति मानिसका लागि सम्भव छ ।

– प्रेम रावत

विश्वविख्यात शिक्षक, ‘स्वयम्को आवाज’ (होहल्लाले भरिभराउ यस दुनियाँमा कसरी शान्ति पाउन सकिन्छ !) पुस्तकका लेखक एवम् मानवतावादी अभियन्ता प्रेम रावतको भनाइ के छ भने 'मानिसले भय, क्रोध र चिन्ताबाट मुक्त जीवन बाँच्नुपर्छ ।' उहाँले संसारमा आफ्ना स्रोताहरूलाई प्रेरित गर्दै के भन्नुहुन्छ भने 'हरेक मानिसले आफ्नो जीवनमा व्याप्त होहल्लालाई शान्त तुल्याएर हृदयमा स्थित सत्य र अनौठो आवाजलाई सुन्न सक्छ । त्यो उसैभित्र रहेको शान्तिको स्रोत हो ।' उहाँले यसअघि यो पुस्तकको अङ्ग्रेजी संस्करण ‘हियर योरसेल्फ’ नामक पुस्तक लेखिसक्नुभएको छ । अमेरिकामा यस पुस्तकको विमोचन हुनासाथ त्यहाँ न्युयोर्क टाइम्सको बेस्ट सेलर (सर्वाधिक विक्री हुने) पुस्तकको सूचीमा पर्न सफल भएकोे थियो । यस क्रममा हिन्दी भाषामा अनुवाद गरिएको यस पुस्तकलाई प्रेम रावतले यही २ अप्रिलमा हुने लखनउको कार्यक्रममा पुस्तक प्रेमी तथा आफ्ना हजारौँ स्रोता समक्ष लोकार्पण गर्नुहुनेछ । 

‘स्वयम्को आवाज’ पुस्तकले पाठकलाई आत्मज्ञान तथा शान्तिका बारेमा प्रेरित गर्दछ । यस पुस्तकमा कथाहरु तथा संसारमा आफूले यात्राका क्रममा गरेको अनुभवलाई प्रेम रावतले निकै रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । उहाँको भनाइ के छ भने “हामीसँग कति समय छ भन्ने बारेमा कसलाई थाहा हुन्छ र ?! हरेक दिन हामीलाई जीवनको उत्कृष्ट उपहार प्राप्त हुन्छ । हामीले हरक्षणमा सकेसम्म उत्तम तरिकाले जिउनु अत्यावश्यक छ । यस्तो भयो भने त आफ्नो सुन्दरताका साथ जीवन पनि फक्रिए जस्तै हुनेछ ।' उहाँको भनाइ के छ भने 'हामीभित्र बजिरहेको त्यो शान्तिको गीतलाई हामीले कसरी सुन्न सक्छौँ ? यसर्थ हामीले पनि त्यो जीवनको चमत्कारलाई महसुस गर्न सकौँ किनकि ती सबै कुरा यसैमा समाहित छन् ।'

प्रेम रावतले लेख्नुभएको यो ‘स्वयम्को आवाज’ पुस्तकलाई हार्पर कोलिन्सले प्रकाशन गरेको हो ।
लेखकका बारेमा :

सन् १९५७ मा भारतमा जन्मनुभएका प्रेम रावत एक लोकप्रिय शिक्षक, सर्वाधिक विक्री भएको पुस्तकका लेखक तथा मानवताका अभियन्ता हुनुहुन्छ । पछिल्लो ५० वर्षभन्दा पहिलादेखि नै पूरा संसारभरका मानिसहरूलाई आफूभित्र जोडिएर सर्वोत्तम तरिकाले जीवन जिउनका लागि प्रेरित गरिरहनुभएको छ । कहिले एक विलक्षण युवा त कहिले ७० को दशकमा ‘टीन एज आइकन’ (किशोर अवस्थाका आदर्श व्यक्तित्व) हुँदै विश्वशान्ति दूतका रूपमा चिनिनु हुने प्रेम रावतले लाखौँ मानिसहरूको जीवनमा स्पष्टता, प्रेरणा र गहिरो बोधगम्यता प्रदान गर्नुभएको छ । 

प्रेम रावत ‘प्रेम रावत फाउन्डेसन’ का संस्थापक हुनुहुन्छ । यो संस्था विश्वभर आइपर्ने प्राकृतिक विपत्ति तथा मानिसको आधारभूत आवश्यकताको सहयोगमा प्रयासरत रहन्छ जसले गर्दा मानिसहरूले शान्ति, आत्म–सम्मान तथा समृद्धिका साथ जीवन जिउन सकून् ।  

उहाँ सबै क्षेत्रका मानिसहरूसँग मिलेर कार्य गर्नुहुन्छ र उहाँहरूलाई स्वयम्मा रहेको शान्तिलाई कसरी अनुभव गर्न सकिन्छ भन्ने कुराका बारेमा बताउनुहुन्छ । उहाँको यो प्रयास विश्वभरका १०० भन्दा बढी देशमा फैलिएको छ । उहाँले मानिसहरूका लागि आशा, आनन्द र शान्तिको व्यावहारिक सन्देश प्रदान गर्नुहुन्छ ।   

प्रेम रावत अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै मन पराइने सर्वाधिक विक्री भएका पुस्तकका लेखक हुनुहुन्छ । उहाँले ‘शान्ति सम्भव छ’ जस्ता पुस्तक लेख्नुभएको छ । प्रेम रावत पाइलट पनि हुनुहुन्छ । उहाँसँग १४ हजार ५ सय घण्टाभन्दा बढी समय उडान भरेको अनुभव छ । यसका अतिरिक्त उहाँ एक फोटोग्राफर हुनुका साथै पुरानो कारलाई पुननिर्माण गर्नमा रुचि राख्नुहुन्छ । उहाँ एक पारिवारिक व्यक्तित्व हुनुहुन्छ । उहाँका चार जना छोराछारी तथा चार जना नातिनातिनाहरू हुनुहुन्छ । 

टाइमलेस टुडेका बारेमा 

टाइमलेस टुडे एउटा मल्टिमिडिया कम्पनी हो । यसले मोबाइलमा आधारित सब्सक्रिप्सन एपका माध्यमबाट समयको सीमाभन्दा पर एउटा विलक्षण सन्देश मानिसहरू समक्ष पु¥याइरहेको छ । यसले यस्ता उत्कृष्ट सामग्रीहरू उपलब्ध गराइरहेको छ जसबाट स्वयम्लाई चिन्न चाहने र व्यक्तिगत शान्तिको खोजीमा रुचि राख्ने जो–कोही व्यक्तिलाई प्रेरणा तथा मार्गदर्शन प्राप्त हुन सक्छ । 
थप जानकारीका लागि कृपया तलका वेबसाइटबाट जानकारी लिन सकिने बताइएको छ  ।

www.premrawat.com,                 
www.hearyourself.com