साहित्यिक पत्रकार संघ: ४२औं कथा दिवसमा

साहित्यिक पत्रकार संघ: ४२औं कथा दिवसमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र २०, २०७९

काठमाडौँ ।  स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले आज २०७९ चैत १९ गते ४२ औं कथा दिवस मनायो । कथा दिवसको अवसरमा 'मैनालीका कथामा पूर्वीय आदर्श चेतना'  विषयमा गर्नु भएका डा. घनश्याम पुडासैनीलाई 'मैनाली कथा सम्मान'  प्रदान गरियो । 

यसैगरी संघका आजीवन सदस्य सांसद रेखा थापालाई सांसद हुनु भएकोमा बधाई तथा शुभकामना पनि प्रदान गरियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित पुडासैनी र र यादवलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार हिरण्यकुमारी पाठकले सम्मान गर्नु भएको हो । 

अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन भएको सो कार्यक्रममा कथाकारहरु श्रीओम श्रेष्ठ 'रोदन' , विमल भौकाजी, तुलसीहरि कोइराला, हरि थापा (अमेरिका), निर्मलरमण पराजुली, ममता मृदुल, नरेन्दबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठकलगायतले आआफ्नो लघुकथा वाचन गर्नु भएको थियो । 

कवि यादव भट्टराईले संचालन गर्नु भएको सो कार्यक्रममा वरिष्ठ आख्यानकार पद्यावती सिंहले स्वागत र डा. दामोदर पुडासैनीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाठक, अध्यक्ष लेकाली, सम्मानित पुडासैनी, सांसद यादव लगायतले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा साहित्यकारहरु प्रा.डा. गोविन्दमान सिंह कार्की, रमेश श्रेष्ठ (पोखरा), नीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कथाकार गुरुप्रसाद मैनाली र कथा दिवसबारे चर्चा गरिएको थियो ।