डिशहोम: १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख रुपैयाँ

डिशहोम: १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २१, २०७९

खोटाङ । '१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ ' यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज  गर्ने ग्राहकहरु मध्ये लक्की ड्र मार्फत खोटाङका ५  नगद  एक एक लाख रुपयाँ प्राप्त गरेको डिशहोमले जनाएको छ । 

डिशहोमले दिएको जानकारी अनुसार  अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत देबका आचार्य,  रत्नकला बुढाथोकि, कमला रिजाल,  हिरालाल रिजाल र  एम्बिता राईले  हार्दिक बधाई   एक एक लाख जित्नुभएको हो  ।सैँजु इन्टरप्राइजेज  अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्ग का डिलरदाईबाट डीसहोमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त खोटाङका ५ नगद पुरस्कार प्राप्त गरेका हुन।

ग्राहकलाई  १ लाख रुपयाँ डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, अफिसर  बिजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्य  बट हस्तान्तरण गरिएको थियो ।

आयोजकको तर्फबाट विजेतालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले  बताइए छ ।  लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी. , नेपाः च्यानल, र डिशहोम सोकेस  प्रशारण हुँदै आएको पनि डिशहोमले जानाएको छ ।