नेपाल टेलिकमको मधेश प्रदेशको कार्यालयमा ५/७ ट्रयाक्टर फोहोर !

नेपाल टेलिकमको मधेश प्रदेशको कार्यालयमा ५/७ ट्रयाक्टर फोहोर !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७९

काठमाडौँ । आफ्नो  प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र आज (२०७९ चैत २१ गते) बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारीले एक प्रेस नोट जारी गर्दै  महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुनेगरी उक्त समूहद्वारा भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गरिएको छ  । 

प्रेस नोट उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवाञ्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण  नेपाल टेलिकम गराउन  चाहन्छ भनिएको छ ।