संसद्मा जसरी पनि छिर्ने उपेन्द्र यादव र छिर्नै नदिने सिके राउतको प्रतिस्पर्धा !

संसद्मा जसरी पनि छिर्ने उपेन्द्र यादव  र छिर्नै नदिने सिके राउतको प्रतिस्पर्धा !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७९

गत मंसिर ४ गते भएको चुनावमा सप्तरी–२ मा प्रतिस्पर्धी थिए, एमालेको समेत साथ पाएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत । गजेन्द्र नारायण सिंहपछि कुनै पनि उम्मेदवारलाई दोहोर्‍याएर नजिताएको सप्तरी–२ ले यसपटक उपेन्द्र यादवलाई पनि सोही सजाय दियो । उनी जनमत पार्टीका सीके राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए । 

जनमतका हिसाबले राउत भन्दा यादव निकै अघि थिए । त्यसमाथि एमालेको पनि साथ पाएकाले उनले जित्नसक्ने आकलन भइरहेका बेला राउतले यादवलाई २०६४ सालपछि पहिलो पटक संसद छिर्ने ढोका बन्द गरिदिए र आफ्नो संसद प्रवेशको टिकट पक्का गरे ।

यसपटक सप्तरीबाट पराजित यादव बारा–२ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपचुनाव मार्फत संसद छिर्ने ध्याउन्नमा लागेका छन् । यादव चुनावी मैदानमा उत्रिँदा राउत उनलाई रोक्ने रणनीति बनाइरहेका छन् । उनले मंसिर ४ गतेको निर्वाचनमा रामसहायसँग झिनो मतान्तरले पराजित भएका शिवचन्द्र कुशबाहलाई सो क्षेत्रबाट पार्टीको उम्मेदवार बनाएका छन् ।

कुशबाह यसअघि माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । राउत भने उपेन्द्र यादव पराजित भएको धेरै नभएकाले उनी तत्कालै संसद छिर्न नहुने पक्षमा छन् । त्यसैले बारा–२ मधेश राजनीतिको केन्द्रमा उभिएको छ । मधेशमा गिर्दो शाख रहेका उपेन्द्र मधेशको उदाउँदो शक्ति जनमत पार्टीसँग एक पटक पराजित भइसकेका छन् । राउत जनमत पार्टीलाई मधेशको वैकल्पिक शक्तिका रुपमा विकास गर्ने कोसिसमा छन् । उपेन्द्र यादव २०६३ को मधेश आन्दोलनको जगमा मधेशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा मधेसी जनअधिकार फोरमलाई स्थापित गराउन सफल भएका थिए ।

पाँच महिनाअघि जसपाकै नेतासँग झिनो मतान्तरले पराजित भएका माओवादी केन्द्रका नेता कुशवाहले यसपटक पार्टीले नै जसपालाई समर्थन गरेपछि जनमत प्रवेश गरेर उम्मेदवार बनेका छन् । यसपटक एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् । उनी पनि यादवलाई हराउने रणनीतिमा छन् । बारा–२ मा ३६ जना उम्मेदवार मैदानमा खडा भएका छन् । 

त्यसयता निरन्तर सफलता हासिल गर्दै आएका यादवको शक्ति विस्तारै क्षयीकरणको दिशामा छ । यस्तो अवस्थामा मधेशमा वैकल्पिक शक्ति स्थापना कसले गर्ने भन्ने प्रश्न छ । यो अवसरलाई सदुपयोग गर्ने धुनमा राउत छन् । 

यादवलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीसहित दलहरूको समर्थन छ । स्वच्छ छवि बनाएका रामसहायको भूमिमा उपेन्द्रले चुनाव जित्न जनमत पार्टीका शिवचन्द्र कुशबाहसहित पूर्व डिआईजी रमेश खरेलसहित एमाले पनि खडा छ । यादवलाई रोक्न सीके राउत आफैं चुनावी मैदानमा उत्रिएका छन् ।

मधेशका नाममा यादवसहितका पुराना पार्टीका नेताहरुले भँजाएको भन्दै अब आफ्नो पार्टीलाई स्थापित गर्ने जनमत पार्टीको चाहाना देखिन्छ । यादव भने अब ५ वर्ष संसद बाहिर रहँदा आफ्नो राजनीतिक हैसियत गुम्ने त्रासमा छन् । मधेश आन्दोलनको जगमा राजनीतिमा स्थापित भएका यादव तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बन्न भ्याए । उनले यो अवधिमा मधेशका मुद्दा सम्बोधनभन्दा पनि सत्ता र संसदीय राजनीतिमा आफूलाई बलियो बनाउने योजनामा आफूलाई अघि बढाए । मधेशमा समान खाले चुनावी एजेन्डा भएका शक्तिहरु अलग अलग रुपमा मैदानमा आउँदा जनमत पनि बाँडिएको छ । जनमत पार्टी यही मौकालाई पुराना शक्तिलाई मत नदिन र आफूलाई स्थापित गराउन जनता रिझाउने प्रयत्नमा छन् ।

बारा–२ मा भने यसअघि जसपाका राम सहायप्रसादले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत पाएका थिए ।

मतान्तर ३५४ मात्रै थियो । तर, त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले नै १० हजार ७५० मत पाएका थिए ।

पाँच महिनाअघि जसपाकै नेतासँग झिनो मतान्तरले पराजित भएका माओवादी केन्द्रका नेता कुशवाहले यसपटक पार्टीले नै जसपालाई समर्थन गरेपछि जनमत प्रवेश गरेर उम्मेदवार बनेका छन् । यसपटक एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् । उनी पनि यादवलाई हराउने रणनीतिमा छन् । बारा–२ मा ३६ जना उम्मेदवार मैदानमा खडा भएका छन् । 

पौडेलबाहेक उनका प्रतिस्पर्धी ४ मंसिरको निर्वाचनमा पराजित भएका हुन् । रास्वपाबाट उम्मेदवार बनेका रमेश खरेल काठमाडौं–१ मा र कुशवाह सोही क्षेत्रमा उम्मेदवार बनेका थिए । बारा–२ मा एमाले, रास्वपाभन्दा जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष राउतबीच नै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । करिब डेढ दशकअघि राजनीतिको केन्द्रमा आएका यादव यतिबेला भर्खरै उदाएको शक्तिसँग डराउने अवस्था सिर्जना भएको छ । 

जसपा अध्यक्ष यादव ०४८ सालयता निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । तर उनको निर्वाचन क्षेत्र भने निश्चित छैन । उनी ०४८ सालको निर्वाचनमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा भने उनी सुनसरी–५ बाट विजयी भए । २०६४ मा उनी मोरङबाट समेत विजयी भएका थिए । कुनै बेला २ निर्वाचन क्षेत्र जित्ने यादव यतिबेला कमजोर छन् । २०७४ मा सप्तरीबाट चुनाव जितेका उनी बारा–२ सम्म आइपुगेका छन् ।