प्रधानमन्त्री ज्यू, सल्लाहकारको नाम तीन महिनासम्म वेबसाइटमा राख्न केले रोक्यो ?

प्रधानमन्त्री ज्यू, सल्लाहकारको नाम तीन महिनासम्म वेबसाइटमा राख्न केले रोक्यो ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’   ले नेतृत्वको  सरकारले हालै सय दिन अर्थात् हनिमुनको अवधि पुरा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूका ३७ बुँदाहरु सार्वजनिक गरिसकेको छ । 

अन्य सरकारले झै पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारले पनि  सुशासन र पारदर्शिता सरकारको प्राथमिकतामा पर्ने बतायो । बताएको मात्र होइन सय दिनको उपलब्धिको नौ नम्बरमा  'सार्वजनिक सेवा प्रवाह र सरकारका विभिन्न निकायहरूको कार्यसम्पादन सम्बन्धमा जनतामा रहेको गुनासो र पीर मर्काको उचित सम्बोधनका लागि हेलो सरकारलाई थप प्रभावकारी बनाइएको छ । यसलाई आगामी दिनमा स्थानीय तहसम्म विस्तार गरी सबै तहबाट हुने सरकारी काम कारवाहीलाई चुस्त र नागरिक-मैत्री बनाउन तथा सरकारी सेवा सम्बन्धमा जनताका गुनासो वा सिकायतलाई प्राथमिकताका साथ तत्काल सम्बोधन गर्ने पद्धति निर्माण गरिने'  उल्लेख गरेको छ । 

त्यतिमात्र होइन्  'निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको कुरालाई पुष्टि' गरेको दावी गर्दै' नेपालको संविधानमा उल्लिखित नागरिकका हक अधिकारलाई संरक्षण गर्न, तिनको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउन शासन प्रणालीमा नागरिकको सर्वोच्चता स्थापित गर्न तथा संविधानमा उल्लेखित राज्यका नीति र दायित्वहरूलाई प्रभावकारी तवरमा कार्यान्वयन गरी आम नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति परिचालित गर्दै आएको' उपलब्धीमा उल्लेख छ। 

यसरी उपलब्धीहरु देखाउन आतुर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकार व्यवहारमा भने कारगर देखिएको छैन । यसको पुष्टिका लागि  नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेवसाइट opmcm.gov.np हेरे प्रयाप्त हुन्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारले प्रमुख सल्लाहकारसहित  सल्लाहाकार हरुलाई नियुक्ति दिएकाे र कामा पनि गरिरहेका छन् । २०७९ माघ ४ गते नै प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा सिन्धुलीका हरिबोल प्रसाद गजुरेललाई नियुक्ति गरिएको छ तर https://www.opmcm.gov.np/pm-team/ ले भने आजसम्म चिन्दैन । 

तर आज २०७८ चैत्र २३ बिहिबार १ बजेसम्म उक्त साइडले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार गजुरेलको कुनै विवरण राखेको छैन । मन्त्री सरहको मर्यादा र सुविधा पाउने गरी  नियुक्ति पाएका पाएका गजुरेलको विवरण करिब तीन महिना नराखिएको बारेमा प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्मालाई जिज्ञाशा राख्दा अनभिज्ञता जाहेर गर्नु भयो र भन्नु भयाे - आइटी विभागले राख्नुपर्ने किन राखेन ? सायद अन्य सल्लाहाकार नियुक्ति नभएर हाे कि ? भनि प्रति प्रश्न गर्नु भयो ।

 नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेवसाइटमा विवरण राख्ने कार्य किन प्रथामिकताका परेन ?  हेलचक्य्राइँ  गरिएको वा राख्नु नै आवश्यक नभएको तथा  आइटी विभागले नटेरेको  के  हाे  भन्दा शर्माको भनाइ थियो- सम्बन्धित  व्यक्तिको नाम नम्बर उपलब्ध गराउँछु ।