नेपाल प्रहरीका उच्च पदाधिकारीसँगको साँठगाँठ: बैंक हिनामिनाका अभियुक्तलाई संरक्षाण !

नेपाल प्रहरीका उच्च पदाधिकारीसँगको साँठगाँठ: बैंक हिनामिनाका अभियुक्तलाई संरक्षाण !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७९

दाङ । नेपाल प्रहरीका उच्च पदाधिकारीसँगको साँठगाँठका कारण बैंक हिनामिना मुद्दामा फरार अभियुक्तलाई गिरफ्तार नगरी  संरक्षाण गरेको पाइएको छ । 

तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार अभियुक्त यज्ञ वलीको नेपाल प्रहरीका उच्च पदाधिकारीसँगको साँठगाँठका कारण पक्राउ गर्न प्रहरीले आनाकानी गरेकाे हो  ।

फरार अभियुक्त यज्ञ वलीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको समाचार सञ्चारमाध्यममा आउँदा पनि  प्रहरी प्रधान कार्यालय काठमाडौंले चासो देखाएर निर्देशन दिएपनि जिल्ला प्रहरी कार्यालय दाङले अटेर गरेको हो । आर्थिक चलखेल गरेर दाङका प्रहरी प्रमुख विरबहादुर वली र डिएसपी राजन गौतमले आइजिपी बसन्त कुँवरको निर्देशनलाई लत्याएर फरार अपराधि वलीको बचाउमा लागेको  हुन् । अदालतले वलीलाई पक्राउ गरेर बुझाउन सक्ने प्राबधान रहेको बताइरहँदा एसपी वली र डिएसपी गौतमले आनाकानी गरेर बचाउमा न्वारन देखिको बल लागाइरहेका का छन् । 

बैंकको १८ करोड हिनामिनामा मुछिएका अभियुक्त कांग्रेस नेतालाई एसपी र डीएसपीकै संरक्षण रहेको दावीसहितको  समाचार यसअघि प्रकाशन भएको थियो । प्रहरी स्रोतका अनुसार एसपी र डिएसपी अवकाश हुने समय छोटो रहेकाले उनीहरु कमाउ धन्दामा लागेका  प्रहरी प्रधान कार्यालयमा लिखित उजुर समेत परेको छ ।  डिएसपी गौतम यसअघि जिप्रका दाङको मुद्दा फाँटमा लामो समय बसेकाले उनको सेटिङलाई नै  एसपी वीरबहादुर वलीले साथ दिदै अवैध काम गरिरहेको आरोप लगाइएको छ । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले नै  नव नियुक्त आईजीपी वसन्त बहादुर कुवँरले फरार अभियुक्तलाई प्रहरीबाट भइरहेको जनाकारी गराएपछि  संरक्षण बारे चासो प्रकट गरेको र तत्काल प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर अदालतमा बुझाउन निर्देशन दिइसकेको बताएपनि आदेशको कार्यान्वयन गर्नुको साटो प्रहरी प्रमुख फरार अभियुक्तलाई खुलेआम संरक्षण दिनुलाई नेपाल प्रहरी भित्र ठुलै चर्चा हुने गरेको छ ।

यसअघि पनि स्कुटर चोरी प्रकरणलाई चोरलाई मुद्दा नचलाई छाडेको घटना बारेमा जानकार रहेको र प्रतिवेदन हेडक्वाटर आइसकेकाले त्यसमा संलग्नलाई पनि दाङ प्रहरी बचाएको आरोपमा समेत छानविनको दायरमा ल्याउन दबाब बढिरहेको छ । कांग्रेस दाङका पूर्वजिल्ला सदस्यसमेत रहेका वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर बसेको अदालतले समेत ठहर गरेको थियो ।

दाङ कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका उनलाई प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आएको आरोप लागेको छ । एसपीको पावर देखाउँदै उनी मुद्दा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय निरन्तर आफै धाउने गरेका छन् । उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्दा परेका वली हाजिर नभएकाले मुलतबीमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् । उनले बैँक हिनामिनामा सुलग्न फरार अभियुक्त अहिलेसम्म अदालतमा हाजिर नभएको समेत  उनले जानकारी दिए ।