जलेश्वर कारागारका कैदी कृष्ण यादव अस्पतालबाट फरार

जलेश्वर कारागारका कैदी कृष्ण यादव  अस्पतालबाट फरार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७९

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारका एक कैदी कृष्ण यादव आज दिउँसो अस्पतालबाट फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन् ।

गोडामा समस्या आएर पाँच कैदीका साथ उपचारका लागि जनकपुर गएका कैदी यादव अस्पतालको झ्याल तोडेर फरार भएका थिए । धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पूर्पक्षका लागि कारागारमा थिए । फरार कैदी यादवको खोजी महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापकरुपमा खोजी गरिरहेको छ ।