गोठाटार इंग्लिस सेकेन्डरी स्कुलको प्रि-स्कुल ग्र्याजुएसन

गोठाटार इंग्लिस सेकेन्डरी स्कुलको प्रि-स्कुल ग्र्याजुएसन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र २५, २०७९

काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्रि-स्कुल ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका-८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र विद्यालयका संस्थापक नारायण दाहालले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, सांस्कृतिक फेसन शो लगायतका प्रस्तुति दिएका थिए ।

 कार्यक्रममा स्कुलका प्रिन्सिपल रामेश्वर दाहालले स्कुलले स्थापनाकालदेखि नै असल, कुशल र सक्षम विद्यार्थी उत्पादनमा जोड दिएको बताए । उनले यस स्कुलले अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेको र विभिन्न विधाका कुशल व्यक्तित्वहरू जन्माएकामा गर्व गरे ।

साहित्यकार, पत्रकार घनेन्द्र ओझाले गोठाटार स्कुल शिक्षा क्षेत्रमा नाम लिन योग्य स्कुल भए पनि यसका राम्रा कामबारे प्रचार हुन नसकेको बताए। ओझाले विद्यार्थीहरूमा अतिरिक्त कौशल र क्षमता अभिवृद्धिका लागि कला, साहित्य र संगीतका प्रशिक्षण तथा अन्य कार्यक्रम गर्न सुझाव दिए ।

प्रमुख अतिथि पुडासैनीले आजका बालबालिका प्रविधिमा हराउँदा शारीरिक र मानसिक समस्या उत्पन्न हुन सक्ने भन्दै अभिभावकहरू आफ्ना बालबालिकाप्रति सजग रहनुपर्ने र बेलाबेला चासो राखिरहनुपर्ने उल्लेख गरे