राजनीतिक संरक्षणा र तस्करीको नेक्सस घुमुवा ! बिलखबन्दमा लुम्बिनीका डीआईजी जोशी !!

राजनीतिक संरक्षणा र तस्करीको नेक्सस घुमुवा ! बिलखबन्दमा लुम्बिनीका डीआईजी जोशी !!

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २६, २०७९

लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा भर्खर सरुवा भएर आएका डीआईजी उमेश राज जोशीलाई यहाँका पुराना घुमुवा प्रहरीको रजगजको चुनौतीको सामु नतमस्तक हुने चिरेर बिलखबन्दमा परेका छन्    ।

इमानदार र व्यावसायिक छवि बनाएका डीआईजी जोशीको सरुवा नेपालकै तस्करी हुने मुख्य प्रदेशका रुपमा परिचित लुम्बिनीका सीमावर्ती जिल्लाहरूमा हुने ठूलो तस्करी रोक्ने चुनौती पहाडका रुपमा देखा परेको छ भने तस्करीको नेक्सस उच्च राजनीतिक तहसम्म फैलिएकाले पनि समस्या देखा परेको छ । अझै हेर्दा प्रहरीकै सामान्य जुनियर कर्मचारी तर पहुँच र काम भने उच्च तहसम्म जोडिएका पुराना घुमुवा प्रहरीको जालो तोड्ने चुनौती रहेको बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा विगत १५ वर्षदेखि एकछत्र घुमुवाको रुपमा प्रहरी सहायक निरीक्षक (असई)  श्यामसिंह चौधरीको रजगज चलिरहेको छ । कपिलवस्तु कै स्थानीय बासिन्दासमेत रहेका असई चौधरीको दरबन्दी भने रुपन्देहीको खैरेनी इप्रकामा रहेको छ भने उनको टीममा रहेका जवान नरेश कुर्मीको दरबन्दी पश्चिम नवलपरासी रहेको छ । उनको कमाण्डमा प्रहरी हबल्दार दीपेन्द्र यादव र प्रहरी जवान नरेश कुर्मीसहितको ५ जनाको टोली घुमुवाको रुपमा परिचालित छन् ।

अवकाशमा जान लागेका जिल्ला एसपी प्रेम बस्नेतको नाममा तस्करहरूबाट हप्ता वारी र महिनावारी पैसा असुल्नु तथा जिल्लाका विभिन्न ठाउँबाट तस्करी लाइन दिएर कुस्त कमाउनु यिनीहरुको पुरानो धन्दा रहेको समाचार स्रोतको दावी छ ।

बिगत १० बर्ष भन्दा बढी देखि कृष्णनगर नाकामा सहायक हवल्दार मुकेश यादव घुमुवा छन् । जो आएपनि उनीहरु कै राज चल्ने गरेको छ ।  यहाँ पनि व्यापक तस्करी मौलाएको छ । लागु औषधको तस्करी व्यापक छ । यिनीहरु बिरुद्ध प्रदेश प्रहरी कार्यालय लुम्बिनी र आईजीपी सचिवालयको उजुरी छानविनमा दर्जनौं बेनामे उजुरी दर्ता छन् तर कहिल्यै कारवाही हुँदैन ।

यस्तै कपिलवस्तुको मुख्य तस्करी हुने नाका कृष्णनगर ईलाका प्रहरी कार्यालयमा बिगत १० वर्षदेखि असई मुकेश यादव कार्यरत छन् । उनको दरबन्दी पनि नवलपरासी रहेको छ । सधैं हाकिमको नजिक रहेर सिभिलमा काम गर्ने यादवको उठतीपुठती निकै रहेको बताइन्छ । लुम्बिनी प्रदेशमा जोसुकै डीआईजी आवोस् वा जिल्लामा जोसुकै एसपी र कृष्णनगरमा इन्सपेक्टर यही घुमुवा ग्याङको जालोमा हाकिमहरु नतमस्तक हुने गरेको बताइन्छ । 

त्यस्तै रुपन्देहीमा भरत बिकको नयाँ घुमुवाका रुपमा प्रहरी सहायक हवल्दार अनिल रायमाझी र सन्तोष कुँवर खटिएका छन् । यसअघिका एसपी रविन्द्र रेग्मीले राखेका हबल्दार डुक बहादुर खडकालाई मुर्गिया इप्रकामा लखेटिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीमा बिगत ६ बर्षदेखि निरन्तर घुमुवा बसेका छन् प्रहरी सहायक हबल्दार अदया कुमार कोईरी । उनको लखनौं लुटको कहानी गज्जबको रहेको छ भने अहिले त्यस नाकाबाट व्यापक तस्करी भईरहेको छ । उनलाई कसैले हल्लाउन नसक्ने साँढेको उपमा दिइने गरिएको छ । सो इप्रकामा असई आफ्नै भतिजा एकाउन्टेन्ट पनि भएपछि के चाहियो र रु रुपन्देहीमा तस्करीको मुख्य अखडा अहिले यही नाका भएको छ । 

त्यस्तै बिगत १० बर्ष भन्दा बढी देखि कृष्णनगर नाकामा सहायक हवल्दार मुकेश यादव घुमुवा छन् । जो आएपनि उनीहरु कै राज चल्ने गरेको छ ।  यहाँ पनि व्यापक तस्करी मौलाएको छ । लागु औषधको तस्करी व्यापक छ । यिनीहरु बिरुद्ध प्रदेश प्रहरी कार्यालय लुम्बिनी र आईजीपी सचिवालयको उजुरी छानविनमा दर्जनौं बेनामे उजुरी दर्ता छन् तर कहिल्यै कारवाही हुँदैन ।