विद्यालयमा पोशाक र किताब बेचे महानगरपालिकाले कारबाही गर्ने !

विद्यालयमा पोशाक र किताब बेचे  महानगरपालिकाले कारबाही गर्ने !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र २६, २०७९

काठमाडौं । विगत लामो समयदेखि अभिभावकहरुले माग गर्दै आएको विद्यालय पोशाक र किताब बेच्न रोक लगाउने कार्यलाई काठमाडौं महानगरपालिकाले सम्बोधन गर्ने भएको छ । 

काठमाडौं महानगरपालिकाले पोशाक र किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी सम्म दिएको छ । महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताउँदै महानगरका मेयर बालेन शाहले विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्न आग्रह गरेका छन् ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक ९पटक आइरहेको छ,’ मेयर शाहले भने ।