मेडिकल माफिया आरोपित प्रसाईसँग रास्वपा सांसद ढाकाकुमार श्रेष्ठद्वारा २ करोडको डिल !

मेडिकल माफिया आरोपित प्रसाईसँग रास्वपा सांसद ढाकाकुमार श्रेष्ठद्वारा २ करोडको डिल !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २६, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले उनलाई निलम्बन गरेको भने उनी तनावमा परेका छन् ।  ।
आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल माफिया आरोपित  दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको हो  । 

सांसद ढाकाकुमार श्रेष्ठको प्रसाईंसँग भएको  अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । । 

प्रमुख सचेतक सन्तोष परियारले भने ‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं ।कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’ 

सांसद ढाकाकुमार श्रेष्ठ  समानुपातिक तर्फबाट रास्वपा सांसद भएका थिए ।