प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एपमा रिलिज हुँदै

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एपमा रिलिज हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २६, २०७९

काठमाडौँ । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ ।

यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दै हुनुहुन्छ भने, सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ ।

डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ....) को समेत मज्जा लिन सक्नुहुनेछ ।