झापा विद्राेहका चर्चित नेता नरेश खरेलद्वारा एमाले परित्याग (विज्ञप्तिसहित)

झापा विद्राेहका चर्चित नेता नरेश खरेलद्वारा एमाले परित्याग  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७९

झापा । पञ्चायत तानाशाहीका विरुद्ध १७ वर्ष जेल जिवन बिताउनु भएका एमाले नेता नरेश खरलेसहित करिब एक दर्जन नेताले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी एमाले परित्यागको घोषणा गरेका छन् । 

एमाले नेता नरेश खरलेसहितका नेताहरुले एमालेमा इमान्दार नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउन  र दक्षिणपन्थी यथास्थिति वादी शक्ति र व्यक्तिसँग  भइरहेको साँठगाँठलाई टुलटुल हेरेर बस्न नसक्ने भन्दै पार्टी परित्याग गरी स्वतन्त्र रहने कुरा उल्लेख छ । 

यसरी खरेल सहित  विज्ञप्ति जारी गर्नेहरुमा  हिरा प्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीम प्रसाद लुईटेल, साजत आलम, आवलोदिन मियाले  लगायत रहेका छन् ।  

प्रेस विज्ञप्तिको  पूर्णपाठ