'सबै धर्मप्रति आफ्नो उच्च समान सम्मान रहेको छ '

'सबै धर्मप्रति आफ्नो उच्च समान सम्मान रहेको छ '

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७९

 दाङ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति आफ्नो उच्च समान सम्मान रहेको बताएका छन् । 

दाङ स्थित लमहीमा ईसाइ धर्मावलम्बीद्वारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी भने, ‘मुलुक धर्म निरपेक्ष भइसक्दा समेत जनताको आस्थाका आधारमा विभेद गरिएको छ । कतै ईसाइलाई निषेध गरिएको त कतै बौद्ध मार्गी हरुलाई । म हिन्दु, ईसाइ, बौद्ध सबै आस्था मान्ने नेपाली जनतालाई समान सम्मान गर्छु ।’

ईसाइहरुका लागि बजेट छुट्याउने आफू पहिलो सांसद भएको बताउँदै दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद समेत रहेका चौधरीले थपे, ‘मैले ईसाइ धर्मावलम्बीहरूका लागि बजेट छुट्याउँदा अनेक खाले प्रतिक्रिया भए । विरोध भए । तर हिन्दूका लागि बजेट विनियोजित गर्दा भने केही प्रतिक्रिया आएन ।’

नयाँ संविधानले जनतालाई धार्मिक स्वतन्त्रता दिएको बताउँदै उनले त्यसको सबैले कदर गर्नु पर्ने बताए ।