अबैध ४२ टनका दुई ट्रक चिनी सशस्त्र प्रहरीको नियन्त्रणमा

अबैध ४२ टनका दुई ट्रक चिनी सशस्त्र प्रहरीको नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७९

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले चैत्र २६ गते नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको  छ ।

 विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्ने स्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानी स्थित
गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ ।