बाबुको ठेगान नभएका बच्चाको दर्ता अब मामाको होइन आमाको थर ठेगानामा

बाबुको ठेगान नभएका बच्चाको दर्ता अब मामाको होइन आमाको थर ठेगानामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७९

काठमाडौं । अन्तत: राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग 'मावलीको थर राखेर जन्मदर्ता गरिदिने निर्णय' बाट पछि हटेको छ । 

यसअघि बाबुको ठेगान नभएका बच्चाको मावलीको थर राखेर जन्मदर्ता गरिदिने निर्णय गर्दै देशभर पत्राचार गरेको थियो ।यसअघिका निर्णय सच्याउँदै   सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले ठेगान नभएका बच्चाको मावलीको थर राखेर जन्मदर्ता गरिदिने निर्णयको सट्टा आमाको थर र स्थायी ठेगाना राख्ने भनि  सच्याएको हो ।

यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको थियो । तर चैत्र २ट गते  विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नभएका बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगानाबाट गर्न निर्देशन सहितकाे पत्र दिएको छ  ।