कानुनी व्यवस्थाको धज्जी : एमाले युवासंघद्वारा नेपालगन्जमा हतियार प्रदर्शन !

कानुनी व्यवस्थाको धज्जी : एमाले युवासंघद्वारा नेपालगन्जमा हतियार प्रदर्शन !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७९

बाँके ।  राष्ट्रिय युवा संघको नवौं महाधिवेशनमा नेपालगन्ज उपस्थित भएका एमाले सम्बद्ध युवाहरुले सोल्टी होटल नोपालगंजमा हतियार प्रदर्शन गरेका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशन का लागी देशभरबाट नेपालगन्ज पुगेका युवा संघ सम्बद्ध ति युवाहरुको आईकन थिए चक्रे मिलन । चक्रे मिलन अघि अघि पछी पछी युवाहरुको दस्ताले नेपालगन्जमा रहेको पाँच तारे होटल सोल्टीमा हतियार प्रदर्शन गरेको आँफै भिडियो खिचेका थिए ।

सामाजिक सञ्जालमा समेत भाईरल भईरहेको उक्त भिडियोमा बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका अन्तरगत पर्ने एउटा वडाका निर्वाचित जन प्रतिनिधि ज्ञानेन्द्र ओली समेत देखिन्छन् ।

त्यसैगरी केही महिना अघि नेपालगन्जमा अनुराग शाह माथि आक्रमण गरेका युवाहरु समेत सहभागी देखिन्छन् ।

युवा संघको राष्ट्रिय महाधिवेशन भनिएपनि देशभरीबाट आएका युवाहरुले सार्वजनिक स्थलमा हतियार प्रदर्शन गरी कानुनी ब्यवस्थाको धज्जी उडाएका  थिए ।यसबीच गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए ।

सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन आएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए ।

युवा संघको राष्ट्रिय महाधिवेशन २७ चैत्र देखि २९ गते सम्म नेपालगन्जमा जारी छ ।