साल्ट ट्रेडिङ कर्पोरेशन  सञ्चालक समितिको अध्यक्षमा प्रदिप लाल श्रेष्ठलाई नियुक्त

साल्ट ट्रेडिङ कर्पोरेशन  सञ्चालक समितिको अध्यक्षमा प्रदिप लाल श्रेष्ठलाई नियुक्त

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २८, २०७९

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन  लिमिटेडको  सञ्चालक समितिको  अध्यक्षमा प्रदिप लाल श्रेष्ठलाई नियुक्त गरिएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले दिएको जानकारी अनुसार यही चैत्र २६  गते बसेको  सञ्चालक समितिको बैठकले  श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । 

श्रेष्ठ विगत ८ वर्ष (२०७१ साल चैत्र) देखि कर्पोरेसनमा  सञ्चालकको रुपमा कार्यरत हुनु हुन्नथ्यो भने यस अघि मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्ष भइ योगदान पुर्‍याउनु भएको समेत साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।