जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’को निबन्ध सङ्ग्रह ‘समय र जीवन’ माथि विमर्श

जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’को निबन्ध सङ्ग्रह ‘समय र जीवन’ माथि विमर्श

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र २९, २०७९

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्यसचिव, साहित्यकार तथा प्राध्यापक जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’को निवन्ध संग्रह ‘समय र जीवन’ को  एक समारोह बिच लोकार्पण तथा विमर्श कार्यक्रमको आयोजना गरिएको छ । 

काठमाडौँको पुतलीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा  मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौंद्वारा आयोजित  प्रमुख अतिथिका  रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा मुन्धुम विद्  वैरागी काइँला, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ साहित्यकार तथा भाषाविद् गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति, वरिष्ठ दर्शन शास्त्री तथा साहित्यकार  प्रा. शिवहरि मरहट्टाले र नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले संयुक्त रुपमा  निवन्ध संग्रह ‘समय र जीवन’ को  लोकार्पण  गर्नु भएको थियो । 

मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौंकी सल्लाहकार तथा  भाषा आयोगका माननीय सदस्य उषा हमाल अध्यक्षतामा सम्पन्न कार्यक्रममा   लोकार्पित कृतिमाथि समालोचक द्वय सहप्राध्यापक डा. नारायण चालिसे  र उपप्राध्यापक डा. बिन्दु शर्माले विमर्श गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद्का पूर्व  कार्याधिकारीहरू  र वर्तमान पदाधिकारी तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का पूर्व अध्यक्ष डा. मधुसूदन गिरी, भाषा आयोगका सदस्यहरू, विभिन्न सङ्घसंस्थाका प्रमुखहरू, पूर्व प्रमुखहरू,  लेखक र साहित्यकार हरू, कानुन, शिक्षा, प्रशासन, पत्रकारितालगायतका क्षेत्रका महानुभावहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन  रवीन्द्र सुवेदीले गर्नु भएको थियो ।