एकीकृत समाजवादीमा फरक मतको सम्बोधन नभएको भन्दै एक पछि अर्को नेताद्वारा पार्टी परित्याग

एकीकृत समाजवादीमा फरक मतको सम्बोधन नभएको भन्दै एक पछि अर्को नेताद्वारा पार्टी परित्याग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २९, २०७९

नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) बन्दा विभाजनमा साथ दिएकामध्ये वरिष्ठ नेता हुन्, मुकुन्द न्यौपाने । एमालेभित्रको अन्त संघर्षका हरेक समयमा उनले माधवकुमार नेपाललाई साथ दिए र विभाजन हुँदा पनि नेपालसँगै आए । तर तिनै न्यौपानेले पार्टीमा लामो समयदेखि राखेको असन्तुष्टिको समाधान नभएपछि पार्टी नै त्यागेका छन् । पार्टी छाड्दै गर्दा उनले एकीकृत समाजवादी सत्ता गठबन्धनको सिमसार दलदलमा फसेको र पार्टी नेतृत्व कोठे राजनीतिमा रमाएको आरोप  लगाउन भ्याएका छन्  । 

स्थानीय तहदेखि संघीय निर्वाचनसम्म पार्टीले राम्रो नतिजा ल्याउन नसकेकोमा पनि  नेता मुकुन्द न्यौपाने  निराशा व्यक्त गर्दै  आएका थिए ।  पार्टी छाड्दै गर्दा उनले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्वपूर्ण कुरा भएको उल्लेख गरेका थिए । 

एमालेसँग विभाजित भएर एकीकृत समाजवादी बनेको केही समयदेखि नै उनी पार्टी एकीकरणको पक्षमा उभिदै, आफ्नो धारणा राख्दै  आएका थिए । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपानेले यही कारण धेरै ठाउँमा स्पष्टीकरण समेत दिनुपरेको थियो । 

एकीकृत समाजवादी कै नेताहरु आफूहरुलाई एमाले चाहिने र एमालेलाई आफूहरु नचाहिने अवस्थामा त्यहाँ जाने सम्भावना नहुने बताउँछन् । त्यसैले एकीकृत समाजवादीमा नेता मुकुन्द न्यौपाने तत्कालै ठूलो पहिरो जाने खतरा भने नेताहरु देख्दैनन् । तर, एकीकृत समाजवादीको अहिलेको असन्तुष्टि समाधान गर्न नसके पार्टीको एउटा पंक्ति असन्तुष्ट भएर निष्क्रिय बस्ने खतरा रहेको बताउनेहरूको  भने कमी  छैन् । 

एकीकृत समाजवादीमा मजदुर संगठनको नेतृत्व गरेका अनुभवी र पहिलो पुस्ताका नेताका रुपमा चिनिएका न्यौपानेले पार्टी छाडेपछि एकीकृत समाजवादीमा न पहिरो जाने अनुमान पनि केहीले गरेर प्रचर-प्रसार गर्न थालेका छन्  । त्यसको संकेत  विषय भने  न्यौपानेले नै दिएका छन् । नेता न्यौपानेले सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी छाड्ने दाबी गरेसँगै यसलाई शंका उब्जाएका छ । 

खनाल आफैंले पनि एकीकृत समाजवादीमा चर्को असन्तुष्टि पोख्दै आएको हुँदा पनि यसले थप शंका उब्जाएको छ ।  तर उनी स्थानीय तहको निर्वाचन लगत्तै देखि एमालेसँग एकता वा सहकार्यको पक्षमा आवाज उठाउँदै आएका व्यक्तिका रुपमा परिचित छन् । जिल्ला समन्वय समिति इलाममा एमालेलाई जिताउन भूमिका खेलेकोमा उनी आलोचित मात्रै भएनन्, प्रतिनिधिसभा निर्वाचनमा उनको पराजयमा यसलाई पनि प्रमुख कारण मानिएको छ  । 

खनाल न्यौपानेले पार्टी छाड्ने अवस्थामा पुग्नु दुःखद कुरा भएको बताउँछन् । पार्टी नेतृत्वले न्यौपानेलाई सम्झाउने, बुझाउने र फरक मतलाई सम्बोधन गर्न ध्यान नदिदा समेत यस्तो अवस्था आएको खनालको बुझाई छ । न्यौपानेले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयको पनि विरोध गरेका थिए । उनी एमालेसहितको वाम एकताको पक्षमा थिए । 
खनाल आफैं पनि देशलाई अघि बढाउन प्रगतिशील र क्रान्तिकारी कार्यक्रम, नीति तथा योजना लागू हुनुपर्ने र त्यसका लागि वामपन्थी एकता आवश्यक रहेको बताउँछन् । खनालले पछि पार्टीका कतिपय निर्णयमा आफूलाई औपचारिक जानकारी नभएको बताउँदै आएका छन् । तर उनी तत्काल एमाले फर्किने हल्लामा सत्यता नभएको बताउँछन् । एमाले नेतृत्व दक्षिणपन्थी अवसरवादमा फसेकाले विद्रोह गरेकाले अहिलेकै अवस्थामा एमालेसँग एकता वा विलय दुवै सम्भव नभएको उनको भनाई छ । 

उनी एकीकृत समाजवादीले पनि सच्चिनु पर्ने धेरै ठाउँ रहेको र त्यही कुरा पूरा नहुँदा नेताहरुमा असन्तुष्टि बढेको बताउँछन् । पार्टी उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका थिए । नेता मुकुन्द न्यौपाने अझै यो दर बढ्ने दाबी गर्छन् । केही नेताहरु असन्तुष्ट भए पनि एमालेसँग ठूलै पहिरो जाने गरी छलफल चलेको भनेर प्रचार-प्रचार  भइरहेको छ । 

 एकीकृत समाजवादी कै नेताहरु आफूहरुलाई एमाले चाहिने र एमालेलाई आफूहरु नचाहिने अवस्थामा त्यहाँ जाने सम्भावना नहुने बताउँछन् । त्यसैले एकीकृत समाजवादीमा नेता मुकुन्द न्यौपाने तत्कालै ठूलो पहिरो जाने खतरा भने नेताहरु देख्दैनन् । तर, एकीकृत समाजवादीको अहिलेको असन्तुष्टि समाधान गर्न नसके पार्टीको एउटा पंक्ति असन्तुष्ट भएर निष्क्रिय बस्ने खतरा रहेको बताउनेहरूको  भने कमी  छैन् ।