रास्वपाबाट डा. ढाका कुमार श्रेष्ठलाई सांसद पार्टी र सांसद पदबाट निष्कासि

रास्वपाबाट डा. ढाका कुमार श्रेष्ठलाई सांसद पार्टी र सांसद पदबाट निष्कासि

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २९, २०७९

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आज समानुपातिक सांसद डा. ढाका कुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उहाँको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ । निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उहाँलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ ।