प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा हिक्मत बस्नेत (केन्द्रीय समिति र पारित प्रस्तावसहित)

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा हिक्मत बस्नेत (केन्द्रीय समिति र पारित प्रस्तावसहित)

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र ३०, २०७९

काठमाडौँ ।  प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको  २०७९ चैत २८र २९ गते काठमाण्डौं कोटेश्वर प्रथम अधिवेशनले  हिक्मतबहादुर बस्नेत (मोरङ) अध्यक्षतामा ९९ सदस्य रहेको  केन्द्रीय समिति र २५  सदस्य रहेको पदाधिकारीको निर्वाचन गरेको छ । 

नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष क माधवकुमार नेपालले यो महाधिवेशनको उद्घाटन गर्नुभएको अधिवेशनले  बरिष्ठ उपाध्यक्ष    टोम प्रसाद काफ्ले ( सिन्धुली), महिला  उपाध्यक्ष  रम्भा पौडेल (बाग्मती), उपाध्यक्षहरु   हरिप्रसाद जोशी(सुप),  महेश्वर पाण्डे (बाग्मती) ,रेशमलाल न्यौपाने (गण्डकी), प्रेमबहादुर ओली  (लुम्बिनी), अनिरुद्र राय (मधेश), मोहन महतो (समावेशी), सुरेश पराजुली (मोरङ),  पुष्पराज कुँवर (उपत्यका), भिमबहादुर पुन (कर्णाली) हुनुहुन्छ भने महासचिवमा      हरिदेव यादव    (बाग्मती) उपमहासचिवहरूमा कुवाङछु लामा (बाग्मती)  विष्णु कट्टेल (बाग्मती),  पींकी साह हुनु हुन्छ । 

त्यसैगरी सचिवहरुमा जनककुमार देवकोटा, अच्युतराज नेपाल, पुरुषोत्तम आचार्य,होम कुमारी खतिवडा,  पदम सिंह ठगुन्ना, उपेन्द्र महतो र  महिला सचि कविता छत्कुली    रहनु भएको छ भने  कोषाध्यक्षमा   हरिबहादुर थापा र सह कोषाध्यक्षमा   रेखा खतिवडा  निर्वाचत गरेको छ । 

 अधिवेशनले केन्दीय सदस्यहरुमा  नरप्रसाद नेम्वाङ (पाँचथर),  पञ्चकुमार राई (खोटाङ), बोधराज घिमिरे (सुनसरी)  पुलकित चौधरी ( उदयपुर), नेपालेन्दु साह (मधेश)       ब्रम्हदेव साह  (मधेश),  जितेन्द्रकुमार साह (मधेश),  देवचन्द्र यादव    (मधेश), सरोज खतिवडा (धादिङ), नारायणराज उप्रेती (काभ्रे). दिनेश कुमार थापा (रामेछाप),  ठेकबहादुर खत्री (सिन्धुली),  रीताकुमारी गुरुङ (बाग्मती ),  रामकृष्ण श्रेष्ठ    (बाग्मती), बसन्त गौतम (लुम्बिनी),  निमानन्द भूसाल  (लुम्बिनी) , तिलक बहादुर साहु (लुम्बिनी), कलाधर शर्मा (गण्डकी),  तिर्थप्रसाद चापागाई (गण्डकी), काशीनाथ अधिकारी  (गण्डकी)  वेदप्रसाद शर्मा (गण्डकी), चक्रपाणी गौतम   (कर्णाली),  मणी रुपाखेती (कर्णाली), मातृका प्रसाद जैसी (कर्णाली) , दिनेश ओली(कर्णाली)  रामनारायण कँडेल (सु प) ,  नरबहादुर विष्ट (सु प), शेरसिँह विष्ट(सु प),  कृष्णराज ओझा(सु प)र    अनिता गिरी  (सु प) रहनु भएको छ । 

त्यस्तै खुल्ला सदस्यहरुमा शुशिला पौडेल, करुणा गौतम,  सत्यकुमारी भट्ट,   प्रेरणा साह ,नका आचार्य ,तारादेवी यादव , विष्णु घिमिरे गौतम,मुन्द्रिका मण्डल, शिलाकुमारी यादव,  र गायत्री दंगाल निर्वाचित हुनु भएकाे छ भने राहत सदस्यमा  बासुदेव बराल ( मोरङ) ,विपिन आचार्य (उदयपुर) ,सदस्य बाल विकास शिक्षकमा तुलसी शर्मा उपाध्याय (सु प) रहनु भएको छ ।

  खुल्ला सदस्यहरुमा तेजबहादुर खाती, सन्तबहादुर भुजेल, कर्णबहादुर भण्डारी, शक्ति सिंह कठायत र  रामचन्द्र चौधरी  रहनु भएको छ भने   उपत्यका विशेष सदस्यहरुमा    जनकराज पोख्रेल,   देवु खड्का फुयल ,  मधुसुधन अधिकारी,  बाबुराम ढकाल र राजाराम भण्डारीलाई निर्वाचित गरेकाे छ । पिछडिएको तथा   समावेशी सदस्यहरुमा बर्मबहादुर सिंह, मो. सनाउल्ला राइन, भुपराज भूषाल, मलकबहादुर सिंहलाई निर्वाचित गरेको छ ।   सस्थागत विद्यालय सदस्यमा   बिनोदकुमार यादव  र    शीवचन्द्र शाहलाई निर्वाचित गरेको छ ।                         
अधिवेशनले राजेन्द्र तिम्सिनाको संयोजकत्वमा  लेखा समिति गठन गरेको छ । समिति सदस्यहरुमा  रामबाबु बैठा  र  हरिप्रसाद पाठक  रहनु भएको छ ।      


 

उद्घाटन समारोह

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दिएको जानकारी   कार्यक्रमका प्रमुख अतिथि नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो महाधिवेशनको उद्घाटन गर्नुभएको थियो भने शिक्षक सङ्गठनका अग्रज योद्धा ने रा शि संगठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा , पुर्व अध्यक्षहरू  देवीप्रसाद ओझा र  बामदेव गौतमलगायतका बक्ताहरूले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो ।सो समारोहमा विश्व समाजवादी शिक्षक युनियनका महासचिवले पठाएको लिखित शुभकामना बाचन गरिएको थियो ।  सातवटै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै ४०० प्रतिनिधि र पर्यवेक्षक शिक्षकहरू सहभागी भएको यो अधिवेशनको बन्द सत्र पेशागत महासंघका अध्यक्ष श्री प्रेमल कुमार खनाल रहेको ५ सदस्यीय अध्यक्ष मण्डल र अधिवक्ता  गोपालराज श्रेष्ठको संयोजकत्वमा बनेको ३ सदस्थीय निर्वाचन मण्डलद्वारा सञ्चालन गरिएको थियो ।

अधिवेशनले सङ्गठनका महासचिव  हरिदेव यादवद्वारा प्रस्तुत राजनीतिक र साङगठनिक प्रतिवेदन तथा विधान संसोधन प्रस्ताव पारित परेको थियो भने कोषाध्यक्ष पुष्पराज कुँवरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।अधिवेशनले मोरङका शिक्षक  हिक्मतबहादुर बस्नेतको अध्यक्षतामा २५ पदाधिकारी र ७४ सदस्यहरू गरी जम्मा ९९ सदस्य रहेको सङ्गठनको केन्द्रीय समिति र शिक्षक  राजेन्द्र तिम्सिनाको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको सर्वसम्मत चयन गरेको छ ।  


 

अधिवेशनद्वारा पारित प्रस्तावहरू

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले जारी प्रेस विज्ञप्ति अनुसार  महाअधिवेशनले १८ बुँदामा समेटिएको समसामयिक प्रस्ताव  पारित गरेको छ । पारित प्रस्ताव र नव निर्वाचित समितिको नामावली तपसिल अनुसार रहेको छ स्

१.    यो राष्ट्रिय महाधिवेशन नेपाली शिक्षकहरूको गौरवशाली साङ्गतिक यात्रामा शैक्षिक आन्दोलनको अगुवाई गर्ने वीर शिक्षक सहिदहरू,  अभिभावक र विद्यार्थी सहिदहरूप्रति उच्च मुल्यांकन युक्त सम्मान गर्दछ, भाव पूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।
२.   यो महाधिवेशन नेपाली शिक्षकहरूले सङ्गठित हुने अधिकार प्राप्त गरेको ऐतिहासिक र गौरवान्वित दिनका रूपमा रहेको चैत्र २९ २०३६को स्मरण गर्दै ४४औँ शिक्षक दिवस चैत २९, २०७९का उपलक्ष्यमा सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ। 
३.   यो राष्ट्रिय महाधिवेशन विश्वमा विद्यमान पूँजीवाद, साम्राज्यवादी शोषण उत्पीडनको विरूद्ध विश्वव्यापी रूपमा सञ्चालित प्रगतिशील समाजवादी आन्दोलनको सम्मान र समर्थन गर्दछ ।
४.    विश्वका विभिन्न देशमा शिक्षक समुदायले सञ्चालन गरेका जायज माग र आन्दोलनप्रति यो महाधिवेशन हार्दिक एक्यवद्धता प्रकट गर्दछ ।
५.   यो अधिवेशन विश्वका प्रगतिशील एवम् समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासङ्घ  र यसको विषयगत अन्तराष्ट्रिय केन्द्र विश्व शिक्षक महासङ्घसँग भाइचारा सम्बन्ध कायम गर्न आवद्धता भएकोमा स्वागत व्यक्त गर्दै SAARC Teachers Federation (STF) लगायत अन्य राष्ट्रका शिक्षक सङ्गठनहरूसँग साङ्गठानिक अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने निर्णय गर्दछ । 
६.    यो महाधिवेशन राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकार प्राप्तिका लागि विचारमा स्वतन्त्रता र सेवा प्रवाहमा तटस्थता, निष्पक्षता र गुणस्तर सुनिश्चितताका लागि निरन्तर सामाजिक र पेशागत आन्दोलनमा आवद्धता जनाउने घोषणा गर्दछ ।
७.    यो राष्ट्रिय महाधिवेशन शिक्षकको पेशागत हक अधिकार सुनिश्चित गर्न आम शिक्षकहरूलाई गोलबन्द गरी प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई सम्पूर्ण शिक्षकहरू माझ पुर्याउने र  नेपालको शैक्षिक आन्दोलनमा अग्रिम मोर्चामा रहेर  शैक्षिक मुद्दाहरूमा केन्द्रित रहने सङ्कल्प गर्दछ ।
८.    यो राष्ट्रिय महाधिवेशन नेपाली शिक्षकहरूको  स्वाभिमानलाई उच्च राख्न  पेशागत आन्दोलनको  सहयात्रामा  पेशागत महासङ्घको  सक्रिय सहभागी घटकको रुपमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई निरन्तरता दिने अठोट गर्दछ ।
९.    यो राष्ट्रियमहाअधिवेशनशैक्षिक र पेशागत क्षेत्रका समस्याहरूलाई समाधान गर्नका लागि सङ्घीय शिक्षा ऐन, लगायत शिक्षा सम्बन्धी कानुन र नियमावली हरू यथासिघ्र जारी गरियोस् भनी जोडदार माग गर्दछ ।
१०.    यो राष्ट्रिय महाअधिवेशन त्तगबष्तिथ त्भबअजभचक ायच त्तगबष्तिथ भ्मगअबतष्यल भन्ने नारालाई मध्यनजर गरी एकद्वार प्रणाली द्वारा शिक्षक व्यवस्थापन गर्न जोडदार रूपमा माग गर्दछ ।
११.    यो महाधिवेशन संवैधानिक शिक्षा आयोग मार्फत  शिक्षक सेवा आयोग गठन गरी सवै प्रकारका  शिक्षकहरूको स्थायी नियुक्ति, बढुवा र सरुवा र वृत्ति विकासलाई संस्थागत गर्न जोडदार माग गर्दछ ।  
१२.    यो महाधिवेशन शिक्षामा नागरिकको अधिकारलाई सुनिश्चित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, शिक्षक कर्मचारीहरूको सेवा सुरक्षा सहितको काम र जीवनयापनलाई संवृद्ध बनाउन सरकारबाट हरेक वर्ष शिक्षा क्षेत्रमा प्रत्येक तहमा  कुल बजेटको न्युनतम २० प्रतिशत वजेट विनियोजन गर्न सरकार समक्ष जोडदार माग गर्दछ साथै शिक्षकहरूको सेवा सुरक्षाकालागि अन्य राष्ट्र सेवक कर्मचारीहरूको भन्दा १० प्रतिशत बढी तलव सुविधा व्यवस्था गर्न माग गर्दछ।
१३.    यो महाधिवेशन सबै तहका शिक्षकहरूका मर्यादाक्रम कायम गर्न माग गर्दछ साथै शिक्षकहरूलाई तहगत र श्रेणीगत बढुवाको क्रमलाई यथासिघ्र नियमित गरी विशिष्ट श्रेणीसम्म बढुवाको प्रवन्ध गर्न माग गर्दछ । 
१४.    यो राष्ट्रिय महाधिवेशन विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास शिक्षकहरूमाथि भएको विभेद पूर्ण सेवा सुविधालाई मिलान गरी यथासिघ्र दरबन्दी कायम गरी सेवा निरन्तरताको प्रबन्ध गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
१५.     यो महाधिवेशन राहत शिक्षकहरूलाई दरबन्दी रूपान्तरण गरी स्थायीत्व प्रदान गर्न, कक्षा ११ र १२अध्यापन गर्न र प्राविधिक धार सञ्चालित कक्षा प्रवन्ध गर्न अनुदानमा नियुक्ति गरिएका शिक्षक प्रशिक्षकहरूका समस्याहरूको उचित सुनुवाई गरी सेवा स्थायित्वको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गर्दछ । 
१६.    यो महाधिवेशन  कार्यक्रममा शुभकामना व्यक्त गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, सञ्चारकर्मी, र देश विदेशबाट विभिन्न माध्यमबाट शुभकामना र बधाइ ज्ञापन गर्ने सबै महानुभाव प्रति धन्यबाद ज्ञापन गर्दछ ।
१७.    यो राष्ट्रिय महाधिवेशन सङ्गठनलाई यो अवस्थासम्म ल्याउन अनवरत रूपमा क्रियाशिल निवर्तमान केन्द्रीय समिति र सम्पूर्ण प्रतिनिधि पर्यवेक्षक र सहयोगी सम्पूर्ण प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछ।
१८. यो महाधिवेशन विगत वर्षमा दिवङ्गत भएका शिक्षकहरू प्रति भाव पूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्दछ र आगत नववर्ष र नव दशक २०८०को उपलक्ष्यमा सबै प्रति हार्दिक शुभकामना व्यक्त गर्दछ ।