वाङ्दी शेर्पाको 'परदेशबाट म आको' बोलको नयाँ गीत सार्वजनिक (भिडियोसिहत)

वाङ्दी शेर्पाको 'परदेशबाट म आको' बोलको नयाँ गीत सार्वजनिक (भिडियोसिहत)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख १, २०८०

गीतकार तथा गायक वाङ्दी शेर्पाको 'परदेशबाट म आको' बोलको नयाँ गीत  सार्वजनिक गरिएको छ ।

आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली , साथी सँगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरुको मनमा डेरा जन्माए कै हुन्छ ।  यिनै कुराहरुको सेरोफेरोमा  तयार पारिएको गीत वाङदी शेर्पाको शब्दमा गायक तथा सङ्गीत अशोक मुकारुङले लय भरेका छन् र स्वयम गीतकार वाङदी शेर्पाको स्वरमा रेकड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडि्स योगेन मुकारुङ र मिक्सिंङ राजु कार्कीको रहेको छ ।  गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्मेन्ट’ मार्फत् सार्वजनिक गरिएको छ ।भिडियोमा योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन रहेको बताइएको छ । 

भोजपुर जिल्लाको भाम्राङ मा जन्मिनु भएका गायक तथा गीतकार वाङ्दी शेर्पा, आफ्नो अध्यन र व्यवसायको शिलशिलामा केहि समय धरान बसाइ पछि, बिगत दुई दशक देखि अमेरिकाको न्यूयोर्क मा बसोबास गर्दै आउनु भएको छ ।

परदेशको कार्य व्यस्तताका बीच समयलाई सदुपयोग गर्दै नेपाली गीत सङ्गीत सँगै विभिन्न संघ सस्था र बिशेष गरी समाज सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । हालसम्म दुई दर्जन गीत लेखि सक्नु भएका शेर्पाले  छोटो समयको लागी स्वदेश आएका समयमा आफ्नै शब्द र स्वरमा  गीति एल्बमको रेकर्डिङमा ब्यस्त रहको बताउनु भएको छ । 

 'परदेशबाट म आ को' गित यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।