सशस्त्र प्रहरीका गोता खोरले २०० मिटर गहिराइबाट निकालेकी बालिकालाई मृत घोषित !

सशस्त्र प्रहरीका गोता खोरले २०० मिटर गहिराइबाट निकालेकी बालिकालाई  मृत घोषित !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३, २०८०

कास्की  ।  कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले निकालेको  सशस्त्र प्रहरीले जनाएको छ । 

बैशाख २ गते सशस्त्र प्रहरीको गोता खोरले बालिकालाई   अन्दाजी २००  मिटर गहिराइबाट निकालेको हो  । सशस्त्र प्रहरीको गोता खोरले  पोखरा महानगरपालिका   ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन  ।

बालिका प्वालमा खसेको थाहा पाए लगतै   सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोता खोरसहितको टोलीले उनलाई निकालेको हो । बालिकाको  उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।