संकटाले एपीएफ र सातदोबाटोले पुलिसको सामना गर्दै

संकटाले एपीएफ र सातदोबाटोले पुलिसको सामना गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ३, २०८०

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज २ खेल हुँदै छन् । 

ललितपुरको च्यासल मैदानमा हुने खेलमा संकटाले नेपाल एपीएफ क्लबको सामना गर्नेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । संकटा र एपीएफ दुवै टोली चौथो जितको खोजीमा मैदानमा उत्रिनेछन् ।  

संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसहित १२ अंकका साथ लिगको सातौँ स्थानमा छ । समान खेलबाट ३ जित, २ बराबरी र ३ हारसहित ११ अंक जोडेको एपीएफ लिगको नवौँ स्थानमा छ । 

यस्तै, दोस्रो खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्रिपुरेश्वरस्थिति दशरथ रंगशालामा हुने सातदोबाटो र पुलिस क्लबबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।  सातदोबाटो पुलिसलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने रणनीतिका साथ मैदान उत्रिनेछ भने लिगको पुछारमा रहेको पुलिस दोस्रो जितको खोजीमा हुनेछ ।

सातदोबाटो ८ खेलबा १६ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको जावलाखेल १७ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।