विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ३, २०८०

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्वका १० वटा प्रदूषित शहरमा काठमाडौं १ नम्बरमा परेको छ ।

वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ, जुन खतरनाक मानिन्छ ।

दोस्रो नम्बरमा थाइल्यान्डको च्याङमा पर्दा तेस्रो नम्बरमा थाइल्यान्डकै बैंकक परेको छ । चौथो नम्बरमा भारतको कोलकाता र पाँचौँ नम्बरमा बंगलादेशको ढाका छ ।

यस्तै, छैटौँ नम्बरमा पाकिस्तानको लाहोर छ भने सातौँ स्थानमा भियतनामको हनोई छ । आठौँ नम्बरमा मलेसियाको क्वालालम्पुर पर्दा नवौँमा चीनको वुहान र दशौँ स्थानमा चीनकै सांघाई परेको छ ।