महिला रेसिङ च्याम्पियनशिप २०२३: नवाङ्ग मोक्तान प्रथम, गङगा श्रेष्ठ दोश्रो र रोश्नी भण्डारी तेश्रो

महिला रेसिङ च्याम्पियनशिप २०२३: नवाङ्ग मोक्तान प्रथम, गङगा श्रेष्ठ दोश्रो र रोश्नी भण्डारी तेश्रो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३, २०८०

काठमाडौँ । 'मोटरसाइकलमा १०० केटीहरू'  कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ्ग 'महिला रेसिङ च्याम्पियनसिप २०२३'  २०८० बैशाख २ गते शनिबार  सम्पन्न भएको छ । हिमालयन मोटर ल्याण्ड, धुलिखेलमा  सम्पन्न सो रेसिङ्गमा  नवाङ्ग मोक्तान प्रथम भएकी छिन् । प्रतियोगितामा गङगा श्रेष्ठले दोश्रो र रोश्नी भण्डारीले तेश्रो स्थान हासिल गरिन् ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालकँा अनुसार मोटर ल्याण्ड भित्रको ट्रयाकमा आयोजना गरिएको सो प्रतियोगितामा १८ प्रतिस्पर्धीले भाग लिएका थिए । स्किल तथा स्पीड बेशको आधारमा विश्व भरि लोकप्रिय 'मोटो जिमखाना च्याम्पियनसिपस  पनि सो अवसरमा आयोजना भएको थियो, जसमा गङगा श्रेष्ठल प्रथम, शीवा सीहं ठकुरी दोश्रा र सुमी न्यौपाने तेस्रो भएकी थिइन् भने बेस्ट पर्फमरको उपाधी जयन्ति सुनुवारले हात पारिन् ।  

धुलिखेल नगरपालिकाको मेयर अशोक ब्यान्जु र अन्तर्राष्टिय अटोमोबाइल फेडेरेशनका सदस्य गोविन्द भट्टराईले सुरुवात  गर्नुभएको रेस इभेन्टमा विजयी हरुलाई राखेप बोर्ड सदस्य अन्जन धमला, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले पुरस्कार वितरण गर्न भएको थियो ।

नासा नेपालका तालीम प्राप्त मार्सलहरूले ब्यवस्थापन गरेका सो कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका राजकुमार कार्की WIMA Nepal प्रतिनिधी सञ्जु वज्र्राचार्य, यामाहा नेपालका मार्केटिङ हेड यम गुरुङ, र नासा नेपालका पदाधिकारीहरु, लगायतको उपस्थिति रहेको थियो ।  यामाहा नेपालको मूख्य प्रायोजन रहेको सो प्रतियोगितामा भीआर ४६  नेपाल मोटरस्पोर्ट्स प्रा. लि‍. ले आयोजना गरेको थियो र विजयी सहभागीहरुलाई शिल्ड र सर्टिफिकेट र नगद पुरस्कार प्रधान गरिएको थियो ।