आठ करोड ४४ वक्यौता नतिरेको आरोपमा रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

आठ करोड ४४ वक्यौता नतिरेको आरोपमा रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०८०

 चितवन । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुल वापत आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । 

    रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत्  प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ । “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भन्नुभयो । 

    सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उहाँको भनाइ छ । रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।