पायलट बाबा नेपाल आउँदै: गुरुस्थली हेटौडा-भैंसेस्थित त्रिखण्डी आश्रम निर्माण गर्ने

पायलट बाबा नेपाल आउँदै:  गुरुस्थली हेटौडा-भैंसेस्थित त्रिखण्डी आश्रम निर्माण गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०८०

काठमाडौँ ।  विश्वविख्यात महायोगी पायलट बाबा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। 

भारतमा  सन्यासीहरुको सबैभन्दा ठूलो अखाडा जून अखाडाको वरिष्ठम  महामण्डलेश्वर श्री सोमनाथ गिरी विश्वभरी पायलट बाबाको नामले विख्यात हुनुहुन्छ। उहाँ उज्जैन पीठाधीश्वर पनि हुनुहुन्छ।

हालै हरिद्वार स्थित पायलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रका अनुसार उहाँ बैशाख १५ गते नेपाल आई पुग्नुहुन्छ। विगतमा कैयन पटक नेपाल भ्रमणमा आई सक्नुभएका उहाँ कोरोना कालपछि पहिलो पटक नेपाल आउँदै हुनुहुन्छ। नेपाल बसाइको क्रममा उहाँ चितवन र  हेटौडामा बस्नु हुनेछ। अहिलेसम्म काठमाण्डौ आउने निश्चित भएको छैन। 
ज्ञानमित्रका अनुसार  हेटौडा-भैंसेस्थित त्रिखण्डी महादेवमा उहाँ एउटा भव्य आश्रम बनाउन इच्छुक हुनुहुन्छ। यसपटकको भ्रमणको मूल उद्देश्य द्रुत गतिले आश्रम निर्माण गर्ने रहेको छ। 
स्मरण रहोस् त्रिखण्डी महादेव पायलट बाबाको गुरुस्थली हो।  उहाँको गुरु हरि बाबा तथा हरि बाबाको गुरु अवतार बाबाको समाधि त्रिखण्डीमै रहेको छ।