‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ १९, २०७६

काठमाडौँ ।  अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ईश्वर बस्नेत र गायिका अञ्जु राईको स्वर रहेको ‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा निकेश तामाङको सङ्गीत र गोविन्द पराजुलीको सङ्गीत संयोजन रहेको छ ।

गणेश उपाध्यायको छायाङ्कन तथा निर्देशन रहेको उक्त भिडियोमा जीवनसहित कमला थापा, उमेश कार्की र सुष्मिता आचार्यले अभिनय गरेका छन् । थ्याङ्कयु सिनेमाद्वारा प्रस्तुत भिडियो भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–७, को मैदाने गाउँमा छायाङ्कन गरिएको निर्देशक उपाध्यायले बताताउनु भएकाे छ।

उपाध्यायले  दावी छ 'भिडियो अत्यन्तै भर्जिन लोकेशनमा छायाङ्कन गरिएको छ, साथै कथानक पनि छ । यसकारण दर्शकले भिडियो रूचाउने कुरामा म विश्वस्त छु ।

भिडियाे