पोस्ता दाना र सुपारीका अवैध व्यापारीको 'सेटिङ' मा वाणिज्यको महानिर्देशक !

पोस्ता दाना र  सुपारीका अवैध व्यापारीको 'सेटिङ' मा वाणिज्यको महानिर्देशक !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०८०

काठमाडौं । नेपाल सरकारको मन्त्रालयको सचिव तथा विभिन्न विभागको महानिर्देशक हुन मुख्यसचिव, मन्त्री तथा प्रधानमन्त्रीको हात भन्दा पनि विचौलिया र स्वार्थ समूहको हात हुने गरेको बारम्बार आरोप लाग्ने गरेकाे छ । 

 यस्तै आरोप पछिल्लो समयमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्तिमा  पोस्ता दाना  सुपारी तस्करीमा संलग्नता  रहेको आरोप लागेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल नियुक्त भएपछि पोस्ता दाना  सुपारी तस्करी र बिचौलियाले पोस्ता दाना तथा सुपारी  निर्वाध रुपमा निर्यात गर्न खुल्ला गर्ने शर्तमा महानिर्देशकमा गजेन्द्र ठाकुरलाई ल्याइएको वीरगञ्जका व्यापारीहरुले बताउने गरेका छन् । 

 मुख्यसचिव शंकरदास बैरागीको  भित्रिया हुँ भन्दै विभिन्न व्यापारीहरुसँग पुग्ने र समस्या समाधान गरिदिने भन्दै मन्त्रालयको सचिव र विभागको महानिर्देशक 'सेटिङ' मा ल्याइदिने आश्वासन दिने बिचौलिया रामचन्द्र भट्टको संलग्नता रहेको बताइएको छ ।  स्रोतका अनुसार तेस्रो मुलुकबाट आयात भई अबैध रुपमा भारत निकासी हुने पोस्ता दाना, केराउ, सुपारी लगायतका खाद्य सामग्रीको ब्यवसाय गर्दैआएका राकेश मान सिंहको अगुवाईमा  तीनै  बिचौलिया रामचन्द्र भट्टको संलग्नतामा गजेन्द्र ठाकुरलाई बाणिज्य विभागको महानिर्देशक  ल्याइएको छ  । 

 पर्सा क्षेत्र नं ४ बाट निर्वाचित संसाद  रमेश रिजाललाई सांसद बनाउन प्रमुख भूमिका खेलेका आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल पनि बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग महानिर्देशक हुन चाहन्थे र सोही अनुसार मन्त्री रिजालकोमै 'लविङ' काे अगाडि बिचौलिया रामचन्द्र भट्ट र व्यापारी  राकेश मान सिंहको पैसाका अगाडि मन्त्री रिजाल नतमस्तक भएको छन् ।  

वीरगञ्जका ब्यवसायी राकेश मान सिंह विगत लामो समयदेखि  आफ्नो व्यापारलाई सहयोग पुग्ने महानिर्देशक ल्याउन चाहन्थे । यसरी 'सेटिङ' मिलाउने उपयुक्त  बिचौलियाको खोजीमा थिए । आफु अनुकुल काम नगर्ने  तत्कालीन महानिर्देशक महेश भट्टराई हटाउन चाहन्थे । योजना अनुसार नै भट्टराईलाई योजना आयोगमा अचानक सरुवा भएको थियाे ।  त्यसका लागि पर्सा क्षेत्र नं ४ बाट निर्वाचित संसाद  रमेश रिजाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री  नियुक्त भएपछि राकेश मान सिंहलाई अनुकुलता भयो र भट्टराई सरुवा भएको डेढ महिना पछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुरलाई ल्याइएको छ । राकेश मान सिंह पोस्ता दाना, केराउ, सुपारी लगायतका खाद्य सामग्री तेस्रो मुलुकबाट आयात भई अबैध रुपमा भारत निकासी गर्दै आएका व्यापारी हुन । 

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग महानिर्देशक ठाकुरलाई बनाएर पोस्ता दाना, केराउ, सुपारी लगायतको आयात खुलाउनका लागि बिचौलिया रामचन्द्र भट्ट दिलोज्यान दिएर लागि परेका छन् भने  त्यसमा राकेश मानको लगानी गरेको र भट्टले शक्तिकेन्द्र मिलाएको स्रोतको दावी छ  । रामचन्द्र भट्ट कांग्रेस, माओवादी, एमाले सरकार हुँदा पनि बिचौलियाको भूमिका खेलेर  'सेटिङ'मा सचिव र महानिर्देशक लगायत महत्वपूर्ण नियुक्ति गराउँदै आएका व्यक्ति हुन । यसमा मुख्यसचिव शंकरदास बैरागीको आशिर्वाद रहँदै आएको छ । 

राजनीतिक रुपमा आफू नेकपा एमाले निकट रहेको बताउँदै सोही अनुसार शक्तिकेन्द्र धाउने सहसचिव ठाकुर नेपाली कांग्रेस मन्त्रीबाट महानिर्देशक बनेपछि प्रजातन्त्रवादी कर्मचारी नै आश्चर्यमा परेका मात्र होइन नेपाल निजामती कर्मचारी युनियन (संघ) मार्फत उजुर समेत गर्ने तयारी भइरहेको बताइन्छ । पर्सा क्षेत्र नं ४ बाट निर्वाचित संसाद  रमेश रिजाललाई सांसद बनाउन प्रमुख भूमिका खेलेका आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल पनि बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग महानिर्देशक हुन चाहन्थे र सोही अनुसार मन्त्री रिजालकोमै 'लविङ' काे अगाडि बिचौलिया रामचन्द्र भट्ट र व्यापारी  राकेश मान सिंहको पैसाका अगाडि मन्त्री रिजाल नतमस्तक भएको छन् ।