कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन वैशाख १५ देखि १७ गतेसम्म खाँदबारीमा

कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन वैशाख १५ देखि १७ गतेसम्म  खाँदबारीमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ६, २०८०

सङ्खुवासभा । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । 

 खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई रु १०÷१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

    ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।