उद्योग विभागको आंकडा: नौ महिनामा करिब  दुई खर्ब रुपयाँ बराबरको लगानी प्रतिबद्धता

उद्योग विभागको आंकडा: नौ महिनामा करिब  दुई खर्ब रुपयाँ बराबरको लगानी प्रतिबद्धता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०८०

काठमाडौँ  । नौ महिनामा करिब  दुई खर्ब रुपयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि  एक खर्ब ८० अर्ब रुपयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योग मध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।

चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि  २५ अर्ब ४४ करोड  रुपयाँ लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि  ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार  रुपयाँ चार सय ४६ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा  दुई अर्ब ६४ करोड  नौ लाख रुपयाँ, भदौमा  तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा  एक अर्ब ८५ करोड ४७ लाख रुपयाँ र कात्तिकमा  तीन अर्ब ६५ करोड रुपयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

रोयल्टी बापत चैत महिनाम बीस करोड ६० लाख नौ हजार पाँच सय २६, ७३ हजार तीन सय १३ अमेरिकी डलर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

यस्तैगरी, मङ्सिरमा ८० करोड आठ लाख रुपयाँ, पुसमा चार अर्ब ८५ करोड २० लाख रुपयाँ , माघमा एक अर्ब ३९ करोड रुपयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनमा रु पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा  छ अर्ब ३२ करोड रुपयाँ, असोजमा एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा ९८ करोड रुपयाँ, मङ्सिरमा पाँच अर्ब १५ करोड ५१ लाख रुपयाँ , पुसमा  ६१ करोड २० लाख रुपयाँ, माघमा  ५३ करोड ९५ लाख रुपयाँ र फागुनमा  दुई अर्ब २३ करोड रुपयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ लाभांश बापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टी बापत  दुई अर्ब ११ करोड ६ हजार छ सय ३४,  १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभांश बापत तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई सय ३५ रुपयाँ विदेश लैजान सिफारिस गरेको हो ।

यस्तै, रोयल्टी बापत चैत महिनाम बीस करोड ६० लाख नौ हजार पाँच सय २६, ७३ हजार तीन सय १३ अमेरिकी डलर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।