प्रभु बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन बिच कृषि कर्जामा लगानी गर्ने सम्बन्धि सम्झौता

प्रभु बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन बिच कृषि कर्जामा लगानी गर्ने सम्बन्धि सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ८, २०८०

काठमाडौँ । २०८० बैशाख ८ गते शुक्रबार प्रभु बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुसन र इनफिकेयर प्रा. लि. बिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । 

प्रभु बैंक अनुसार  उक्त सम्झौता पत्रमा आर एण्ड डि इनोभेटिभ सोलावनकी प्रमुख कार्यकारी अधिकृत श्रीमती सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रा.लि.का निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत  दिनेश थकाली ले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले वित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुसन र इनफिकेयर प्रा. लि. बिच उक्त त्रिपक्षीय सम्झौता भएको छ । यस साझेदारी को मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।  

साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटीएम सहित फराकिलो पहुँच रहेको प्रभु बैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ