हैदरावाद चेन्नाईसँग ७ विकेटले पराजित

हैदरावाद चेन्नाईसँग ७ विकेटले पराजित

एजेन्सी  |  खेलकुद  |  बैशाख ९, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको छ ।

चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नाईका डेभन कनवेले १२ चौका र १ छक्काको विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा ७७ रन बनाए । त्यस्तै, ओपनर रुतुराज गाइक्वडले ३० बलमा ३५ रन बनाए । बलिङतर्फ मयंक मारकन्डले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

ओपनर अभिशेक शर्माले ३४ रन बनाउन ३ चौका र १ छक्का हाने । राहुल त्रिपाठीले २१ बलमा १ चौका र १ छक्का हान्दै २१ रन बनाए । 

अर्का ओपनर ह्यारी ब्रुकले १३ बलमा ३ चौका प्रहार गर्दै १८ रन बनाए । हेनरिच क्लासेन र मार्को जनसेनले समान १७/१७ रन बनाए ।

बलिङमा चेन्नाईका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए । आकाश सिंह, महेश थिक्साना र मथिसा पथिरानाले १/१ विकेट लिए । 

जितसँगै चेन्नाई ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदरावाद ४ अंकसहित नवौँ स्थानमा छ ।