एसईई : असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी

एसईई : असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी
फाइल फोटो

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख १०, २०८०

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा- १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार हिजो शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आज आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।

कार्यालयले ५० वटाभन्दा बढी परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका जाँच भइरहेको जनाएको छ ।

गत १७ देखि २९ चैतसम्म भएको परीक्षामा ७७ वटै जिल्लाका २ हजार ३६ वटा परीक्षा केन्द्रबाट करिब ५ लाख जना विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ ।

नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।