पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति समाजवादी प्रेस सङ्गठनको  आपत्ति

पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति समाजवादी प्रेस सङ्गठनको  आपत्ति

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०८०

काठमाडौँ । प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति समाजवादी प्रेस सङ्गठनले आपत्ति जनाएको छ ।

पत्रपत्रिका वर्गीकरणको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक रहेको ठहर गर्दै सङ्गठनले मूल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले पुनः वर्गीकरण गर्न माग गरेको छ ।

सङ्गठनका महासचिव भूपराज खड्काले जारी गर्नुभएको विज्ञप्तिमा प्रेस क्षेत्रको नियमन गर्ने र न्याय सम्पादनजस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नुपर्ने प्रेस काउन्सिलको भूमिका निष्पक्ष र जिम्मेवारी पूर्ण हुन नसक्नु दुःखद् पक्ष भएको उल्लेख छ ।

प्रेसलाई मर्यादित बनाउने तथा पत्र पत्रिकाको मूल्याङ्कन गर्ने जिम्मेवारीमा रहेको प्रेस काउन्सिलको नेतृत्वलाई राजनीतिक पूर्वाग्रहबाट माथि उठेर आफ्नो भूमिकामा निष्पक्षता र पारदर्शिता कायम गर्न तथा सबैको विश्वास र भरोसा जितेर काम गर्न आग्रह गरिएको छ ।