नियामक निकायको संरक्षण: प्याथमाइण्ड्स डाइनोष्टिक सेन्टरको वैधता र विश्वसनीयतामा प्रश्नै प्रश्न !

नियामक निकायको संरक्षण: प्याथमाइण्ड्स डाइनोष्टिक सेन्टरको वैधता र विश्वसनीयतामा प्रश्नै प्रश्न !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०८०

काठमाडौं । ल्याब परीक्षण, डाक्टर अप्वाइन्टमेन्ट र रिसर्च  काठमाडौं महानगरपालिकाको वडा नं ९ सिनामंगलमा प्याथमाइण्ड्स डाइनोष्टिक सेन्टर  प्रालिको वैधताको बारेमा प्रश्न उठेको छ ।  

वि .सं.२०७६ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्ड्स डाइनोष्टिक  सेन्टर  प्रालि  ल्याबहरूको नियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन बिना नै  ल्याब परीक्षण लगायतका मेडिकल सेवा प्रदान गर्दै आइरहेको पाइएको हो । 

हामीलाई प्राप्त प्रमाणअनुसार कम्पनीले अवैध रूपमा वि.सं. २०७७ साउन ४ गते जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड बेगर नै ल्याब परीक्षण गरेको पाइएको छ । एक ४८ वर्षीय महिलाको थाइराइड सम्बन्धी ल्याब परीक्षणका क्रममा इन्टरप्रेड डाइग्नोष्टिक सेन्टर थापाथलीले रिफर गरेर प्याथमाइण्ड्स डाइनोष्टिक  सेन्टरले अवैध रिपोर्ट तयार गरेकाे भनी नेपाल जनस्वास्थ्य प्रयोगशालामा  उजुरी समेत परेको छ ।

उक्त ल्याब रिपोर्टमा डा‍. आभास कोइरालाको समेत संलग्नता देखिको उजुरीमा उल्लेख छ  भने, ल्याब टेक्नोलोजिष्ट सुजाता कक्षपति र राजिव खड्गीले परीक्षण गरेका छन् । अवैध रूपमा सञ्चालन भइरहेको संस्थामा डाक्टर र ल्याब टेक्निसियनको संलग्नता शंकास्पद देखिको हुँदा कारबाहीको माग गरिएको छ । 

कोरोना महामारीको समयमा समेत अवैध रूपमा सेवा सञ्चालन गरेको ल्याबले जनताको स्वास्थ्यमाथि  खेलबाड गरेकाे आरोप समेत लागाइएको छ ।  कम्पनीले यस्ता प्रकारका गम्भीर ल्याब परीक्षणका रिपोर्टहरू समेत अवैध रूपमा बनाउने गरेको पाइएको उजुरीमा उल्लेख छ । 

कम्पनीका सञ्चालकहरू समेत शंकास्पद देखिएका छन् ।  सञ्चालक मध्येका कपिलमणि आचार्य, जीवन परियार, शिवम् रिजाल लगायतका व्यक्तिहरु  रहेका छन् । यद्यपि उनीहरू कसैले पनि आफूहरू संस्थाको लगानीकर्ता र सञ्चालक रहेको स्वीकार्न हिच्किचाउँछन् । उजुरी परेसँगै कतिपयले कम्पनीबाट आफू राजीनामा दिएर बसेको बताउन थालेका छन् भने कतिपयले आफूलाई आधिकारिक व्यक्ति नरहेको दाबी गर्छन् । 

अचम्मको कुरा त के छ भने प्याथमाइण्ड्स डाइनोष्टिक  सेन्टर अवैध रहेको जान्दाजान्दै थापाथलीस्थित इन्टरप्रेड डाइग्नोष्टिक सेन्टरले समेत रिफर गरेर विरामीहरु पठाउने  गरेको छ । प्याथमाइण्ड्स डाइनोष्टिक  सेन्टर  ले सार्वजनिक रूपमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी नजिकै खुलेआम होडिङ बोर्ड  नै राखेर दर्ता नै नगरी सेवा सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले ल्याब सेवा मात्र होइन डाक्टर अप्वाइन्टमेन्ट र रिसर्च लगायतका धन्दाहरू समेत अवैध रूपमा चलाउँदै आएको छ । 

आफूलाई बी क्याटोगोरीको ल्याब भएको बताउँदै आएको छ तर कम्पनी हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचीमा दर्ता भएको छैन । वर्षौदेखि दर्ता नै नगरी सेवा सञ्चालन  आम नागरिकको स्वास्थ्यमा मापदण्ड बेगर प्याथमाइण्ड्सले विरामीको जीवन माथि खेलबाड गरिरहेको आरोप लगाइएको छ । जब कि बी क्याटोगोरीको ल्याब सञ्चालनको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभागद्वारा जारी 'स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३' ले अलगै व्यवस्था गरेको  छ। बी क्याटोगोरीको ल्याब भनेर प्रचार गर्नु नै गलत भएको समेत दाबी गरिएको छ । 

त्यसैगरी  कम्पनीका सञ्चालकहरू समेत शंकास्पद देखिएका छन् ।  सञ्चालक मध्येका कपिलमणि आचार्य, जीवन परियार, शिवम् रिजाल लगायतका व्यक्तिहरु  रहेका छन् । यद्यपि उनीहरू कसैले पनि आफूहरू संस्थाको लगानीकर्ता र सञ्चालक रहेको स्वीकार्न हिच्किचाउँछन् । उजुरी परेसँगै कतिपयले कम्पनीबाट आफू राजीनामा दिएर बसेको बताउन थालेका छन् भने कतिपयले आफूलाई आधिकारिक व्यक्ति नरहेको दाबी गर्छन् । 

यसमा नेपाल जनस्वास्थ्य प्रयोगशालामा पटक पटक मौखिक र लिखित उजुरी गर्दा समेत मौनता साँदेर बसको छ । राजधानीको मुटुमा वर्षौदेखि अवैध रुपमा चलाइरहेको ल्याबलाई बिना कुनै अनुमति जनताको जीवनमाथि चरम खेलबाड गरिरहँदा पनि जनस्वास्थ्य प्रयोगशाला कि रुणा झाले उल्टै ल्याबको अनुमति लिन आफूले सहयोग गर्ने बचन दिने गरेको पाइएको  छ ।