महायोगी पाइलट बाबाको चितवनमा भव्य स्वागत

महायोगी पाइलट बाबाको चितवनमा भव्य स्वागत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०८०


चितवन । नेपाल भ्रमणमा रहनु भएका विश्व विख्यात महायोगी पाइलट बाबा आज चितवन आइपुगेका छन्।

देवनगर स्थित लेक ट्वेंटी थाउजेंड फार्म ( एलटीके -हवेली )रिसोर्टमा महायोगीको हजारौ स्थानीय नागरिकले भव्य स्वागत गरेका थिए ।

बैशाख 15 गते नेपाल आइपुगेका महायोगी नेपाल भ्रमणको तेस्रो दिन चितवन आइपुगेका हुन ।

भारतमा रहेका  साधु सन्तका विभिन्न १३ वटा अखाडा मध्ये सबैभन्दा ठूलो अखाडा जुना अखाडा हो । यसै अखाडाका वरिष्ठत्म  महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात छन्।

उज्जैन पीठाधीश्वर समेत रहेका उनी नेपालमा पनि उत्तिकै विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित छन्। उनको नेपाल र नेपालीप्रति अगाध श्रद्धा र माया हुनुको एउटा फरक एवम् विशिष्ट कारण छ।

सत्य एवम स्वयंको खोजका लागि भौँतारिँदै हिँडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसे निकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए। त्रिखण्डी मै हरि बाबाले उनले संन्यास दीक्षा दिए। हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे। त्रिखण्डी उनको गुरुस्थली हो।

सन्यास दीक्षा उपरान्त उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौँ वर्ष कठिन तप गरे। साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको अलख जगाए। भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौँ स्थानमा दस महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुका साथै लाखौँ मानिसलाई सद् मार्गमा ल्याए ।

पाइलट बाबाले दसौँ हजार विदेशीलाई सनातन हिन्दू आचरणमा प्रवृत गराए। के अमेरिकी, के जापानी, के रसियन, के यूक्रेनियन, के यूरोपियन- विभिन्न देशका हजारौँलाई उनले दीक्षा दिए।  हजारौ व्यक्तिलाई सन्यासी बनाए।

उनका साथमा महामण्डलेश्वर योगमता चेतना एवम  रसियन सन्यासी महामण्डलेश्वर आनन्द लीलाका साथै श्री लक्ष्मी र  नन्देश्वरी रहनु भएको छ ।

लेक ट्वान्टी थाउजेण्डका सञ्चालक देवेन लोहनीका अनुसार महायोगी आज र भोलि चितवन बस्नुहुन्छ ।