समाजवादी प्रेस संगठन कालिकोट: सदस्यता अद्यावधिकसहित जिल्ला अधिवेशन सम्पन्न

समाजवादी प्रेस संगठन कालिकोट: सदस्यता अद्यावधिकसहित जिल्ला अधिवेशन सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०८०

कालिकोट । समाजवादी प्रेस संगठन नेपाल आसन्न प्रथम अधिवेशन लक्षित सदस्यता अद्यावधिक र जिल्ला अधिबेशन सम्पन्न भएको छ । 

कालिकोटको स्थित समाजवादी प्रेस संगठन नेपाल संस्थापक सदस्य अनन्त बरालले दिनु भएको जानकारी अनुसार सदस्यता अद्यावधिक  पश्चात भएको जिल्ला अधिवेशनले जीवन कुमार शाहीको अध्यक्षतामा ११ सदस्य रहेको जिल्ला कार्यसमितिको निर्वाचन गरेको छ ।

जिल्ला कार्यसमितिको उपाध्यक्षमा भगवती शाही, सचिवमा जीवनराज देवकोटा, सहसचिवमा विशाल कुमार बम, कोषाध्यक्षमा लक्ष्मी सिंहलाई सर्वसम्मतिले चयन गरेको छ भने सदस्यहरुमा रुपा केसी, नम बराल, भीमराज विष्ट, राजेश शाही, यशोधा बम र जगत चौलागाईंलाई निर्वाचित गरेकाे छ । 

स्थापक सदस्य बरालका अनुसार कालिकोट जिल्लामा समाजवादी प्रेस संगठन नेपाल सदस्यता अद्यावधिक गर्नेहरुमा अनन्त बराल, जीवन कुमार शाही, जीवनराज देवकोटा, विशाल कुमार बम, भगवती शाही, राधिका बराल, लक्ष्मी सिंह,जगत चौलागाईं, यशोधा बम, बिष्णु बराल, नम बराल, कटक बम, भीमराज विष्ट, तुलाराज पाण्डे, दिलिप सिंह, राजेश शाही, रुपा केसी लगायत हुनुहुन्छ । 

सदस्यता अद्यावधिक पश्चात समाजवादी प्रेस संगठन नेपाल  भएको भेलामा  नेकपा (एकीकृत समाजवादी) कालिकोट जिल्ला उपाध्यक्ष चित्र सिंह गाउँले, नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य चन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) कालिकोट जिल्ला प्रचार विभाग प्रमुख कृष्ण कला पाण्डे, नेकपा (एकीकृत समाजवादी) कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य लगायतको उपस्थिति रहेको थियो ।