गायिका शशी किरातीको 'जून भई चिहाई जानु'  बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

गायिका शशी किरातीको  'जून भई चिहाई जानु'  बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख २९, २०८०

 काठमाडौँ । गायिका शशी किरातीको   'जून भई चिहाई जानु'  बोलको नयाँ गीत  सार्वजनिक गरिएको छ ।

जीवन मुकारुङको शब्दमा संगीतकार दिनेश 'काजी बान्तवाले  लय भरेका छन् ।  शशी किरातीको  स्वरमा रेकड भएको गीत लाई  गोदावरी मा छायाङ्कन गरीएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकड्सि योगेन मुकारुङ र मिक्सिंङ मुस्कान मुकारुङको रहेको छ ।  गीतको भिडियो अफिसियल युट्युब च्यानल स्वयम् गायिका को ‘सशी किराती’ मार्फत् सार्वजनिक गरिएको छ ।भिडियोमा दुर्गा बान्तवा र योगेन मुकारुङको छायाङ्कन, अनिशा चाम्लीङ राईको सृङगार  र जीवन मुकारुङको सम्पादन र कलरिङ रहेको छ।

संखुवासभाको सिलिचोङ गाउँपालिका, माङ्तेवामा जन्मेकी  गायिका शशी किराती मोफसलमै रहेर पनी नेपाली गीत–सङ्गीतका क्षेत्रमा निरन्तर सक्रिय छिन् । छोटो  अवधिमा उनका तीन  दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन्।

 'जून भई चिहाई जानु'  म्यूजिक भिडियो यहाँ क्लिक गरेर सुन्न र हेर्न  किन्छ