फिनल्यान्डमा एकल प्रस्तुति ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’  १३ मेमा

फिनल्यान्डमा एकल प्रस्तुति ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’  १३ मेमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख २९, २०८०

युरोप । फिनल्यान्डमा नेपाली सांगीतिक क्षेत्रका मेगा स्टार राजेशपायल राईको एकल सांगीतिक कार्यक्रम हुने भएको छ ।

चौतारी इभेन्ट्स फिनल्यान्डको प्रस्तुतिमा भोलि शनिबार अर्थात १३ मे मा ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’ हुने भएको हो ।

चौतारी इभेन्ट्स फिनल्यान्डले त्यहाँ रहेका नेपाली माझ नयाँ वर्षको शुभकामना आदानप्रदानसहित राजेशपायलाई प्रस्तुत गर्न लागेको हो ।कार्यक्रममा फिनल्यान्डमा रहेका केही नेपाली कलाकारको पनि प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रम विगत ११ वर्षदेखि फिनल्यान्डमा रहेका विष्णु अर्यालको संयोजनमा हुन लागेको हो।कार्यक्रम संयोजक अर्यालका अनुसार कार्यक्रम फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित ओस्टोस्टी ४ मा रहेको कोन्तुला नुउरिसोटलाको हलमा साझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रममा ३ सय बढीको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।कार्यक्रमको लागि गायक राजेश पायल राई आजै फिनल्यान्ड आइसकेको र कार्यक्रमको सम्पूर्ण तयारी भएको उनले बताए। कन्सर्टमा सहभागिताका लागि १० युरो राखिएको र १२ वर्ष भन्दा मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था छ।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल केही समयदेखि एकल सांगीतिक कार्यक्रमका क्रममा युरोपमा रहेका छन् । उनले स्पेन, पोर्चुगल, माल्टा, बेल्जियम,  पोल्याण्ड लगायतका बिभिन्न देशका सहरहरुमा प्रस्तुति पछि फिनल्यान्डको  राजधानी हेलसिन्की तताउन लागेका हुन् ।