कुलपति भूपाल राईको कविता समावेश पाठ्यपुस्तक विक्री वितरणमा रोक !

कुलपति भूपाल राईको कविता समावेश पाठ्यपुस्तक विक्री वितरणमा रोक !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०८०

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले कक्षा १२ को ऐच्छिक नेपालीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको कविता जाति र  थरको अपमान गरेको भनी उजुरीका आधारमा  पाठ्यपुस्तक विक्री वितरणमा रोक लगाइएको छ ।   

कुलपति राईले आफू जातिगत सम्मान खोज्ने, पहिचान खोज्ने तर अरूलाई अपमानित गर्ने काम गरेको भन्दै हरिनन्द पोखरेलका सन्तानहरुले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरमा लिखित उजुरी दिएपछि पाठ्यपुस्तक प्रकाशक पैरवी प्रकाशनलाई  विक्री वितरणमा रोक लगाएको केन्द्रले जनाएको छ । 

कुलपति राईको  'आगोले जन्मोत्सव मनाउँदैन'  कविता सङ्ग्रहमा समावेश  'हरिनन्द र माटो' शीर्षकको  कवितालाई कक्षा १२ को ऐच्छिक नेपाली विषयमा 'सीमान्तीकृत चेतना'  अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममा समावेश समावेश गरेको थियो ।

पाठ्यक्रम विकास केन्द्रमा परेको उजुरीमा  जाति र  थरको अपमान तथा जातिय सद्भाव भड्काउने किसिमको  कवितालाई  दबाबका भरमा पाठ्यक्रममा समावेश गरेको आरोप लगाइएको छ ।उजुरीमा  सधैँ ब्राह्मण जातिका विरुद्ध आफ्ना अभिव्यक्ति दिई जातीय सद्भाव भड्काउने काम गर्दै आएका कुलपति राईले लेखेको यस कविताले कुनै एउटा जातिको, खासगरी पोखरेल थरकाहरूको अपमान गरेको छ । नामै किटेर यसरी लेखिएको कविता सुनियोजित रुपमा गरिएको कार्य हो भन्दै आफ्नो थर र पुर्खाको अपमान भएको उल्लेख छ ।  यस्ता कवितालाई कसरी 'सीमान्तीकृत चेतना'  भएको कविता भनि छनोट गर्ने  पाठ्यक्रममा समावेश गर्ने पाठ्यक्रम विकास केन्द्र पनि  पनि दोषी रहेको उजुरीमा उल्लेख छ ।  यसरी उजुर पर्ना साथ आफ्नो कमजोरी ढाकछोप गर्न पाठ्यक्रम विकास केन्द्र स्पष्टीकरणको नाटक गरिरहेको छ । केन्द्रले पुस्तक प्रकाशक 'पैरवी प्रकाशनलाई  विक्री वितरणमा  रोक लगाउनुका साथै किन यस्तो गरेको ? भनि  स्पष्टीकरण साधिएको  र त्यसको जवाफ आएपछि  छानविन गरी टुंगो लगाउने तयारी गरि रहेका छौँ'   पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले लाेकसंवाद डटकमलाई जानकारी दिनु भएको छ । 

पाठ्यक्रम विकास केन्द्रमा परेको उजुरीमा पोखरेल हरुलाई सिधै प्रहार गरिएको जाति र  थरको अपमान तथा जातिय सद्भाव भड्काउने कार्य आपत्ति जनक पाठ्यपुस्तक विक्री वितरणमा रोक लगाउनु का साथै पाठ्यक्रमबाट हटाउन माग गरिएको छ । विक्री वितरणमा रोक लागाउने र स्पष्टिकरण साधिएको विषयमा त्यस्तो कार्य नगर्न  दवाव दिन  एक समूह केन्द्र पुगको बताइएको छ भने उता  उजुरी दिने समूहले विक्री वितरणमा  रोक लागाउने र पाठ्यक्रमबाट नहटाए सर्वोच्च अदालतमा  मुद्दा दायर गर्ने  जनाउ पाठ्यक्रम विकास केन्द्रलाई  दिइसकेको छ ।