नक्कली भुटानी शरणार्थी प्रकरणको  निष्पक्ष छानविन गर्न प्रलेसको माग

नक्कली भुटानी शरणार्थी प्रकरणको  निष्पक्ष छानविन गर्न प्रलेसको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०८०

 काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपाल सबै प्रकारका भ्रष्टाचार, अनैतिकता र विकृतिका विरुद्ध दृढतापूर्वक उभिने प्रगतिशील लेखकहरूको साझा संस्था हो ।

देश, जाति र समग्र समाजको महारोगका रूपमा रहेको भ्रष्टाचार सर्वथा निर्मूल हुनुपर्दछ भन्ने कुरामा प्रगतिशील लेखक सङ्घ दृढप्रतिज्ञ छ ।

यसै क्रममा हाल भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचारको निष्पक्ष छानविन होस्, दोषी कुनै हालतमा उम्किन नपाओस्, निर्दोष व्यक्ति नफसोस् भन्ने पक्षमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा।मधुसूदन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।