९५ वर्षमा स्नातक

९५ वर्षमा स्नातक

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

मानिसको औसत आयमा वृद्धि भएको छ । तर यो वृद्धि ८०, ९० को हाराहारीमा अवश्य पुगेको छैन् । नयाँ र नसर्ने प्रकृतिका रोगले मानिसको अन्तिम दिन अज्ञात भएका बेला अमेरीकाका दाजु बहिनीले भने ९५ र ९४ वर्षको उमेरमा स्नातकको उपाधी हासिल गरेका छन् । 

काठमाडौं, एजेन्सी । अमेरिकाको डेनभर निवासी जर्ज रेमिरेज र उनकी बहिनी एनिटा रेमिरेजले ९५ तथा ९४ वर्षको उमेरका स्नातकको उपाधी हासिल गरेका छन् । उनीहरु दुबैले ८० वर्ष पछि मात्रै स्नातकको पढाई शुरु गरेका थिए । 

यो उमेरमा स्नातक गर्नुपर्नाका बारेमा जर्जले भने, म वयस्क हुँदा विश्वयुद्धका कारण पढाई बीचमा छोडेर घर फर्किनुपर्यो । कुनै काम नगरी यत्तिकै बस्नु भन्दा केही काम गर्नुपर्ने बाबुले बताएपछि अमेरिकी सेनामा ड्राइभरको काम गरेको पनि उनले बताए । सेनामा काम गरेर घर फर्किएपछि बिहे भएका कारण पढाई अगाडी बढाउन सकिएन र अहिले आफूले पढाई पुरा गरेको पनि जर्जले बताए । 

जर्जकी बहिनी एनिटाले भनिन, देश तथा परिवारको परिस्थितिका कारण आफूले पढ्न नपाएका कारण हाल आएर त्यो इच्छा पूरा गरेको बताइन् । 
अहिले भने मैनुअल स्कूलबाट दुबै दाजु बहिनीले एकसाथ स्नातकको उपाधि हासिल गरेका हुन् ।