विद्यार्थीलाई ४५ प्रतिशत यातायातमा छुट कार्यान्वयन गराउन अनेरास्ववियूको ज्ञापन पत्र

विद्यार्थीलाई ४५ प्रतिशत यातायातमा छुट कार्यान्वयन गराउन अनेरास्ववियूको ज्ञापन पत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०८०

काठमाडौँ ।  नेकपा (एस) निकट अनेरास्ववियू केन्द्रिय कमिटीले माननीय भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई यातायातमा विद्यार्थी परिचय पत्रका आधारमा ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यान्वयन  गर्न माग गरेको छ ।

ज्ञापन पत्र बुझाउदै अनेरास्ववियू महासचिव आरती लामाले विगतमा नेपाल सरकारले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने निर्णय गरेता पनि देश भरी कहि पनि कार्यान्वयन नरहेको, लामो दुरीका यात्रामा एक रुपैया पनि छुट नदिने, काठमाडौंमा विदाको दिन छुट नदिने, ८ बजे पछि नदिने, तीन पाङग्रे सवारीमा छुटै नदिने जस्ता समस्या रहेको बताउनु भयो । ज्ञापन पत्रमा उक्त छुट प्रतिशत कार्यान्वयन नभए अनेरास्ववियू आन्दोलित हुने बताएको छ । मन्त्री प्रकाश ज्वालाले उक्त कुरा देशभर तत्काल कार्यान्वयन गर्न यातायात व्यवस्था विभागका महानिर्देशक नारायण भट्टराईलाई निर्देशन दिनुभयो ।

ज्ञापन पत्र अनेरास्ववियू कार्यवाहक अध्यक्ष हिरेन्द्र शाहीको नेतृत्वमा बुझाएको थियो ।