नक्कली भुटानी शरणार्थी प्रकरण : प्रवासी नेपाली एकता मञ्च ओमनको ज्ञापन पत्र

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रवासी नेपाली एकता मञ्च ओमनको ज्ञापन पत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०८०

ओमन । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारका विरुद्ध नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले ज्ञापन पत्र बुझाएको छ। 

नेपाली दुतावास ओमनका राजदूत डोरनाथ अर्यालमार्फत मञ्चले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

मञ्चको ओमन राष्ट्रिय कमिटी अध्यक्ष लिलानाथ कोइराला र महासचिव तेज बहादुर तामाङ्गद्वारा संयुक्त  हस्ताक्षरित ज्ञापन पत्रमा नेपाली नागरिकहरुलाई गैरकानुनी बाटोबाट मोटो रकम असुल गरि नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न भनिएको छ।घटनामा संलग्नलाई बिना मोलाहिजा कानूनी दायरामा ल्याई विधिको शासन र कानुनको राज स्थापित गर्न मञ्चको तर्फबाट जोडदार माग सहित ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।

नेपाली दूतावास ओमनमा आज मञ्चको राष्ट्रिय कमिटीको तर्फबाट कोषाध्यक्ष उमर खान र सदस्य अनिल गौतमले राजदूत अर्याललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।