सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताहको नेपालमा पनि  समापन

सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताहको नेपालमा पनि  समापन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०८०

ललितपुर । सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि  एक कार्यक्रमका बीच समापन गरिएको छ  

ललितपुरको सानेपामा आयोजित ‘ रिथि‌ंक मोबिलिटी : च्यालेन्ज एण्ड अपरच्यूनिटी'  भन्ने विषयमा बृहत छलफल गरी सो सप्ताहको समापन गरिएको हो ।

अटो नेपाल म्यागजिन र नासा फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता रोशन श्रेष्ठ र समन्वय गोविन्द भट्टराईले गर्नु भएको थियो जहाँ समग्र कार्यक्रमको थिमको समिक्षा समेत गरिएको थियो । सो समापन समारोहको वक्ताहरूमा नासा फाउण्डेशन नेपालका अध्यक्ष ई. कृष्ण सिंह बस्नेत, नाडा नेपालका प्रदिप मान प्रधान, नेपाल रेडक्रसकी डा. मनिता राजकर्णिकार, भिन्टेज मोटर्स नेपालका भुषण श्रेष्ठ हुनुहुन्थ्यो । त्यसैगरी नासा फाउण्डेसन कि कमला आचार्य, अटो नेपालका सम्पादक सरोज प्याकुरेलले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मे १५ अर्थात् जेठ १ गते काठमाडौँमा एक भव्य कार्यक्रमका साथ शुरुवात गरिएको सडक सुरक्षा सप्‍ताहमा अन्तरक्रिया, अध्ययन प्रतिवेदन सार्वजनिकि करण, जनचेतनामूलक साइकल र्‍याली, साइक्लिङ्ग सुरक्षा, सार्वजनिक यातायात, पैदलयात्रीको सुरक्षा सम्बन्धि वर्क सपजस्ता कार्यक्रम सम्पन्न भए । त्यसै गरि मिडिया ओरिन्टेशन तथा 'राेड सेफ्टी अडिटको समेत यसै सप्ताहमा शुभारम्भ गरियो ।

'रिथंक मोबिलिटी' मूख्य नारा रहेको सप्ताहमा नासा नेपालको व्यवस्थापन, नेशनल एलायन्सको संयोजन तथा ग्लोवल एलाइन्स अफ एनजिओ फर रोड सेफ्टीको सहयोग रहेको थियो । नेपालभर यस अभियान संचालन गर्ने क्रममा सञ्चारिका समुह गण्डकी, साइकल कल्चर मुभमेन्ट, धुलिखेल र वीरेन्द्रनगर नगरपालिका तथा अन्य थुप्रै संघसंस्था संलग्न थिए ।