पूर्वप्रधानमन्त्री झलनाथ खनाल बरिष्ठ पत्रकार भैरव रिसालको निवासमा

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बरिष्ठ पत्रकार भैरव रिसालको निवासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०८०

काठमाडौं । देशभक्त तथा कम्युनिस्ट शक्तिहरु एकताबद्ध भई नयाँ रुपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भएको छ । विहिबार दिउँसो पुराना बामपन्थी नेता एवम् बरिष्ठ पत्रकार भैरव रिसाललाई अनामनगर स्थित निवासमा भेट गर्दै अग्रजहरुको उत्प्रेरणामा युवा युवापुस्तामा नयाँ जागरण ल्याउनु पर्ने बताउनु भएको हो  । 

विदेशीहरुले उनीहरुका स्वार्थ अनुसारका ठुल्ठुला लगानी गरेर देशभित्र भाँडभैलो सिर्जना गर्न लागेको र राष्ट्रवादी शक्तिहरु कमजोर हुँदै गएकोमा सम्मानित नेता खनालले चिन्ता व्यक्त गर्दै बरिष्ठ पत्रकार रिसाल लगायतका प्रगतिशील देशभक्त अग्रजहरूले देखाएको बाटो हिँड्न नयाँ पुस्तालाई प्रेरित गर्नु पर्ने  बताउनु भएको थियो । 

बरिष्ठ पत्रकार   रिसालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउन फेरि पहिलेको जस्तै 'झलनाथ खनाल' हुन सम्भव छ कि छैन ? भनेर जिज्ञासा राख्दै  सक्रिय र सन्तुलित नेतृत्व गर्न सम्मानित नेता खनाललाई आग्रह गर्नु भएकाे थियो । भेटमा रिसालले भन्नु भयो तपाई पहिलेकै झलनाथजस्तो भएर संकटमा पुगेको कम्युनिस्ट आन्दोलनलाई फेरि संगठित गर्न आग्रह गर्नु भएको थियो । 

भेटका अवसरमा ०१० सालको स्थानीय निर्वाचन, २०१५ सालको आम निर्वाचन, कम्युनिस्ट पार्टीको सुरुवाती दिनहरु, पञ्चायत कालको कठिन संघर्ष, झलनाथ नेतृत्वको माले कालीन कम्युनिस्ट अभियान लगायतमा सम्वाद भएको थियो । 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बरिष्ठ पत्रकार भैरव रिसाल स्वास्थ्यलाभको कामना गर्न अनामनगर पुग्नु भएका खनाललाई  दक्षिण एसियाकै पहिलो सामुदायिक एफएमको रुपमा रेडियो सगरमाथालाई इजाजतपत्र दिएर नेपाली सामुदायिक रेडियोको विकासमा ठुलो गुण लगाएको पनि पत्रकार रिसालले स्मरण गर्नुपर्‍यो । रेडियो सगरमाथा स्थापनामा आफुहरुको निरन्तर लामो लडाइको पनि रिसालले स्मरण गर्नुभयो । 

बरिष्ठ पत्रकार भैरव रिसालले नेता खनालको गृह जिल्ला इलाममा करिब चार दशक अघि इलाममा 'कृषि गणक'का रुपमा कार्यरत रहँदा का रोचक प्रसंगको चर्चा गर्नु भएको थियो ।